
गढवा,१६ फागुन ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना समूहका सदस्यहरूका लागि आधारशिला तालिम सुरु भएको छ ।
गढवा गाउँपालिका वडा नं ५ बोधिपुर नयाँ बस्तीमा गठित प्रकृति उद्यमी महिला समूह र अन्य सदस्यहरूका लागि तीन दिने आधारशिला तालिम सुरुवात भएको छ भने गढवा गाउँपालिका वडा नम्बर ३ मा गठित खैरा उद्यमी महिला समूहका महिलाहरूलाई तालिम दिन थालिएको हो।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र त्यसैगरी ग्रामीण महिला उत्थान केन्द्र घोराई दाङको सहजीकरणमा गढवा गाउँपालिकामा कृषि तथा पशु विकासमा आधारित रहेर भिटा परियोजना कार्यक्रम सञ्चालनमा रहेको छ।
महिला सशक्तिकरण र आत्मनिर्भर भन्नका लागि गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालसँग सहकार्य गरेर कृषि तथा पशु विकासमा आधारित रहेर भिटा परियोजना कार्यक्रम सञ्चालन गरेको छ।
वडा नम्बर ५ मा सञ्चालन भइरहेको तालिममा गढवा गाउँपालिका भिटा परियोजनामा कार्यरत सामुदायिक सहजकर्ता कल्पना चौधरीले सहजीकरण गर्नुहुनेछ भने वडा नम्बर ३ म सञ्चालन भइरहेको तालिममा सामुदायिक सहजकर्ता यमुना सुवेदीले सहजीकरण गर्नुहुनेछ।
कार्यक्रममा बीटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्मा, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक त्यसैगरी सामुदायिक सहजकर्ता कैलाश चौधरी रहनुभएको थियो।
आधारशिला तालिमको उद्घाटनमा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना कार्यक्रम संयोजक वसन्तकुमार शर्माले दुवै ठाउँको कार्यक्रममा सहजीकरण गर्नुभएको थियो र कार्यक्रमको विषयवस्तुको बारेमा प्रकाश पार्नुभएको थियो।
गढवा गाउँपालिकामा सञ्चालन भइरहेको भिटा परियोजना गढवा गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३०प्रतिशतमा सञ्चालन भइरहेको परियोजना भएको बताउनुभएको थियो। त्यसैगरी ग्रामीण महिला उत्थान केन्द्रले सहजीकरणको भूमिका निर्वाह गरिरहेकोले गढवा गाउँपालिकामा सञ्चालन भइरहेको भिटा परियोजना गढवा गाउँपालिकाको गौरवको योजना भएको बताउनुभएको थियो ।
