
काठमाडौं- शुक्रबार बिहान काठमाडौंलगायत आसपासका क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ ।
भैरव कुण्ड केन्द्रबिन्दु बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित पश्चिमी क्षेत्रमा पनि भएको थियो ।
मापन केन्द्रका अनुसार हालसम्म कुनै क्षति विवरण आएको छैन ।
मा प्रकाशित
