गढवामा एकदिने करदाता शिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, ११ फागुन। कर छुट सुविधा तथा कर सम्बन्धि विविध विषयमा एकदिने करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम आइतबार गढवा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।

गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा श्रीधर टन्डनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका प्रमुख श्रीधर टन्डनले कर छुट लगायतका अन्य बिषयमा व्यापक कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो। कर दाताहरुलाई बिभिन्न माध्यमबाट कर बुझाउने बारे निरन्तर कार्यक्रमहरु गरेको बताउदै कर छुट हुने समयमा कर छुट लगायतका विषयमा जानकारी गराउन उद्योग बाणिज्य लगायतका निकायहरु संग समन्वय सहकार्य गर्दै अघि बढेको बताउनुभयो। व्यवसाय बन्द गर्ने अवस्थामा कर चुक्ता गरी कानुन अनुसार बन्द गर्न अनुरोध समेत गर्नुभयो। छुट सुविधाको फाईदा लिन सम्पुर्णमा अनुरोझ समेत गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख टन्डनले वैधानिक व्यवसाय गर्ने वा गर्न खोज्ने सबैको सुरक्षाको प्रबन्ध प्रशासनले गर्ने बताउनु भएको थियो ।विगतमा व्यवसाय गरी विभिन्न कारणले आयकर र मूल्य अभिवृद्धि कर विवरण बुझाउन छुटेका करदाताहरूले यसको उपयोग गरी सरकारले दिएको छुट सुविधाको उपयोग गर्न आव्हान समेत गर्नु भएको थियो यसबाट करदाताहरूलाई ठुलो आर्थिक राहत पुग्ने उहाँको भनाई थियो।

आर्थिक ऐन २०८१ ले प्रदान गरेको कर छुट सुविधा तथा कर सम्बन्धि विविध विषयमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत हिरान्नद देवकोटाले प्रस्तुतीकरण गर्नु भएको थियो। कर अधिकृत देवकोटाले कर भनेको के हो, कर कहि तिर्ने, आर्थिक ऐन २०८१ ले प्रदान गरेको कर छुट सुविधाको बारेमा जानकारी, व्यवसायीहरुले पालना गर्नुपर्ने कर सम्बन्धी विविध जानकारी, स्रोतमा कर कट्टी र दाखिला, भ्याट सम्बन्धी जानकारी, लगायतकको थुप्रै विषयबस्तुको बारेमा जानकारी गराईएको थियो।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको आयोजना तथा गढवा उद्योग वाणिज्य संघ र गुरु एण्ड एसोसिएट्स दाङको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत चिरन्जिवी खड्का, नाशु गणेश खड्का, गढवा गाउँपालिका राजश्व शाखा प्रमुख कुलराज कुमाल, गुरु एण्ड एसोसिएट्स दाङका प्रो. गुरु प्रसाद पोख्रेल,गढवा उद्याेग बाणिज्य संघका निवर्तमान युवराज पोख्रेल, खिम बहादुर बुढामगर, गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा,गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, वन महासंघ गढवाका अध्यक्ष नव राज शर्मा, गढवा मिल व्यवसायी संघका युवराज रिजाल, नायी व्यवसायी संघका प्रतिनिधि, व्यापारी व्यवसायी, सल्लाहकारहरु उमाकान्त पन्त, राम प्रसाद गैरे, दिनामणी आचार्य, गुमान सिंह गुरुङ उद्योगी, व्यापारी, व्यवसायी लगायतको सहभागिता रहेको थियो।

गढवा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रबिलाल अाचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार तथा गढवा उद्योग वाणिज्य संघ प्रेस सल्लाहकार शिवराज पन्थीले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID