
गढवा, ११ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर चोक नजिक आइतबार साँझ करिब ५:४५ बजे मोटरसाइकल दुर्घटना एक जना घाइते भएका छन्।
रा ३ प २४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।
मोटरसाइकल दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ४ का ५७ बर्ष भाजबिर सुनार रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले घाइते लाई उपचारका लागि लमही अस्पताल लगिएको ईप्रका गढवाले जनाएको छ।
गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर देउखुरी लमही जाने क्रममा दुर्घटना भएको बताईएको छ। घाइतेको अवस्था मध्यम रहेको बताईएको छ।
मा प्रकाशित
