
साहित्य केवल मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र होइन, यो समाज रूपान्तरणको बलियो साधन पनि हो । इतिहासलाई हेर्दा समाजको चेतना, मूल्य, र संरचनालाई प्रभावित पार्ने महत्वपूर्ण माध्यमको रूपमा साहित्य विकसित हुँदै आएको छ । समाज परिवर्तनका विभिन्न पक्षमा साहित्यले खेल्ने भूमिकालाई यहाँ विश्लेषण गर्न खोजेको छु ।
साहित्य समाजको ऐना हो । यसले विद्यमान समस्या, अन्याय, र विभेदलाई उजागर गरी चेतना बढाउने काम गर्छ । उदाहरणका लागि युगकवि सिद्धिचरण श्रेष्ठ र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकारहरूले नेपाली समाजमा राष्ट्रियता, स्वतन्त्रता, र चेतनाको भावना भरिपूर्ण कृतिहरू लेखेका छन् । मदनमणि दीक्षितको ‘माधवी’ उपन्यासले लैङ्गिक समानताको विषय उठायो ।
जातीय विभेद, लैङ्गिक असमानता, राजनीतिक अन्याय जस्ता विषय उठाउँनुपर्छ । सामाजिक सञ्जालमार्फत साहित्यिक आन्दोलनहरू चलिरहेका छन् ।
इतिहासमा हेर्दा विभिन्न क्रान्ति र आन्दोलनलाई साहित्यले ठूलो ऊर्जा दिएको पाइन्छ । फ्रान्सेली क्रान्ति (१७८९) लाई प्रेरित गर्ने रूसो, भोल्टेयर, र मोंतेस्कियुको लेखन थियो । नेपालमा राणाशासनविरुद्ध चेतना जगाउने काजी बकुलाहरि भट्ट, सिद्धिचरण श्रेष्ठ, र गङ्गालाल श्रेष्ठका कविताहरूले गरेका थिए । समाज रुपान्तरणको कुरा गरिरहँदा साहित्यीक क्षेत्रले २०४७, २०६२÷०६३ को जनआन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । दाङका साहित्यकारहरुले राप्ती साहित्य परिषद् र जिल्लास्थित क्रियाशिल साहित्यीक संघसंस्थाहरुको अगुवाइमा सडकमै उत्रिएर परिवर्तनको पक्षमा विगतका आन्दोलनहरुमा विशेष योगदान पुराएका थिए । त्यसपछि पनि संविधानसभाबाट संविधान निर्माणदेखि राज्यको पूर्णसंरचनालाई प्रभावकारी बनाउनकालागि अहिले पनि साहित्यीक क्षेत्रमा समर्पित व्यक्तिहरुले आफ्नो सिर्जनाको माध्यमबाट भूमिका खेलि रहेका छन् ।
साहित्यको कुरा गरिरहँदा नारीवादी साहित्य, पर्यावरणीय साहित्य, श्रमिक अधिकारसम्बन्धी कथा–उपन्यासहरूले नयाँ आन्दोलनलाई बल दिइरहेका छन् । साहित्यले समाजको सांस्कृतिक पुनःसंरचना गर्न सहयाग गरिरहेको छ ।
पुरातन र अन्धविश्वासयुक्त सोचलाई तोड्न साहित्यले महत्वपूर्ण भूमिका खेल्छ । समावेशिता, सहिष्णुता, र समानताको सन्देश फैलाउन साहित्य उपयोगी हुन्छ ।
परशु प्रधानको कथा ‘बोक्सी’ ले महिलामाथि हुने हिंसाको यथार्थ प्रस्तुत गरेको छ । विनोद चौधरीको ‘नयाँ नेपाल’ कविता नयाँ नेपालको परिकल्पना प्रस्तुत गरेको छ । प्रवासी नेपालीको जीवन, जलवायु परिवर्तन, प्रविधि र समाजको सम्बन्ध जस्ता विषयमा लेखिएका कृतिहरूले सामाजिक दृष्टिकोणलाई फराकिलो बनाइरहेका छन् ।
साहित्यले मात्र समाजलाई भावनात्मक रूपमा परिवर्तन गर्दैन, यसले आर्थिक र राजनीतिक चेतना पनि फैलाउँछ । माक्र्सवादी साहित्य श्रमिक वर्गको अधिकारको वकालत गरेको छ । नेपालमा जनयुद्धकालीन साहित्यले विद्रोह, शोषण, र वर्गसंघर्षका पक्ष उजागर गरेको थियो । साहित्यले श्रम, रोजगारी, प्रवासी नेपालीहरूको पीडा, भ्रष्टाचार, राजनीतिक बेथिति आदिलाई उजागर गर्ने काम पनि गरिरहेको छ ।
समाज यतिबेला २१ आंै शताव्दीमा उभिएको छ । तसर्थ अहिलेको नयाँ, आधुनिक समाजलाई अब साहित्यीक क्षेत्रबा योगदान दिने हो भने अबको समाजलाई साहित्यले निम्न तरिकाले अगाडि बढाउन सक्छ ।
–डिजिटल प्लेटफर्मबाट सामाजिक मुद्दाहरू उठाउने ।
–शिक्षा प्रणालीमा सामाजिक रूपान्तरणको साहित्यलाई समावेश गर्ने ।
–समावेशी र प्रगतिशील साहित्य लेखनलाई प्रवद्र्धन गर्ने ।
साहित्य समाज परिवर्तनको संवाहक हो । यसले विचार, चेतना, र व्यवहारमा रूपान्तरण ल्याउँछ । साहित्यले सही दिशा दिन नसके समाज अन्धकारमै रहन्छ, तर जब साहित्यले परिवर्तनको पक्षमा आवाज उठाउँछ, तब त्यो समाज नयाँ युगमा प्रवेश गर्छ ।
समृद्धिका लागि साहित्य ः
साहित्य समाजको ऐना मात्र होइन, यो समाजको समृद्धि, उन्नति र भविष्य निर्माणको महत्वपूर्ण साधन पनि हो। आर्थिक, सामाजिक, सांस्कृतिक, र मानसिक समृद्धिका लागि साहित्यले विशेष योगदान पु¥याइ रहेको छ । पछिल्लो समय मुलुकको समृद्धिको कुरा जोडतोडले उठि रहेको छ । यस सवालमा साहित्यलाई समृद्धिसँग जोडेर केही कुरा उल्लेख गरेको छु ।
साहित्यले मानिसको सोचलाई परिष्कृत गर्दै सिर्जनशीलता, आलोचनात्मक चिन्तन, र नवीन दृष्टिकोण विकास गर्न मदत गर्छ । दर्शन, मनोविज्ञान, र प्रेरणादायी साहित्य मानिसको आत्मविश्वास र मानसिक क्षमतामा वृद्धि गर्न सक्छ ।
कथा, कविता, निबन्ध, र उपन्यासहरू समाजका समस्याहरू उजागर गर्दै समाधानको मार्ग देखाउन सक्छन् ।
जीवन व्यवस्थापन, आत्म–परिवर्तन, र सफलताका साहित्यहरूले मानिसलाई लक्ष्य निर्धारण र कार्यान्वयन गर्न प्रेरित गरिरहेका छन् ।
साहित्यले उद्यमशीलता र नवीन सोचको विकास गर्न प्रेरित गर्छ । व्यावसायिक र प्रेरणादायी पुस्तकहरू उद्यमशीलतालाई प्रवद्र्धन गर्छन् । आत्मकथा र सफलता कथाहरू सफल व्यक्तिहरूको संघर्ष र उपलब्धिबाट सिक्न मदत गर्छ ।
पर्यटन, कृषि, प्रविधि, र लगानीसम्बन्धी पुस्तकहरूले आर्थिक अवसरहरूबारे सचेतना फैलाइरहेका छन् । साहित्यले समाजमा न्याय, समानता, र शान्ति स्थापनाको मार्ग देखाउन सक्छ । नारीवादी साहित्य, सामाजिक न्यायका कथा, र मानवअधिकारसम्बन्धी कृतिहरू समाजलाई सकारात्मक दिशामा लैजान मदत गर्छन् । लोक साहित्य र मौलिक संस्कृति समाजको पहिचान र समृद्धिको आधार बन्न सक्छ ।
पारिजातको ‘शिरिषको फूल’ महिला स्वतन्त्रता र समाजको यथार्थतामा आधारित छ । माक्र्सवादी साहित्यले श्रमिक वर्गको अधिकार र समाजवादको परिकल्पना गरेका छ ।
लैङ्गिक समानता, सामाजिक न्याय, र मानवअधिकार प्रवद्र्धन गर्ने साहित्यले समाज सुधार गरिरहेको छ ।
साहित्यले समाजको भाषा, संस्कृति, र परम्परालाई जोगाउने महत्वपूर्ण भूमिका खेल्छ । लोककथा, ऐतिहासिक उपन्यास, र मौलिक साहित्य सांस्कृतिक पहिचानको रक्षा गर्न मदत गर्छ । भाषिक साहित्यको विकासले समाजलाई आत्मनिर्भर र गौरवान्वित बनाउँछ ।
साहित्यले समाजमा सुशासन, लोकतन्त्र, र उत्तरदायित्वको भावना फैलाउने काम गर्छ । राजनीतिक साहित्य, जीवनी, र विचारधारासम्बन्धी कृतिहरू नेताहरू, नीति–निर्माताहरू, र नागरिकहरूलाई सचेत बनाउन मदत गर्छन् । नागरिकहरूलाई सचेत पार्ने साहित्यहरूले समाजमा उत्तरदायी नेतृत्व विकास गरिरहेका छन् ।
समृद्धिको आधार ज्ञान, सोच, र चेतनामा निर्भर गर्छ, जसलाई साहित्यले प्रवद्र्धन गर्छ । मानसिक रूपमा सचेत नागरिक बनाउन र प्रगतिशील समाज निर्माण गर्न साहित्यले भूमिका खेल्छ । आर्थिक रूपमा सक्षम व्यक्ति र समृद्ध राष्ट्र निर्माणमा साहितयले भूमिका खेल्छ । सांस्कृतिक रूपमा सशक्त पहिचान र दिगो विकासका लागि पनि साहित्यले प्रभावकारी भूमिका खेल्छ । समृद्धि हासिल गर्न साहित्यलाई सही रूपमा उपयोग गर्नु अत्यावश्यक छ ।
अबको साहित्य ः
अबको साहित्य प्रविधि, समाज, र बदलिँदो चेतनासँग संगत गर्दै अघि बढिरहेको छ । डिजिटल युगमा साहित्यको सिर्जना, प्रकाशन, र अध्ययनको स्वरूप परिवर्तन हुँदै गएको छ ।
आज साहित्य केवल किताब वा पत्रिकामा मात्र सीमित छैन । ई–बुक, अडियो बुक, ब्लग, पोडकास्ट, र डिजिटल म्यागजिनहरू लोकप्रिय बन्दै गएका छन् । च्याट जिपिटी जस्ता कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरूले समेत साहित्य सिर्जनालाई प्रभावित पार्न थालेका छन् ।
फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, र युट्युबजस्ता प्लेटफर्महरूले साहित्यिक अभिव्यक्तिलाई छोटो, गद्यात्मक, वा भिडिओ फारमेटमा रूपान्तरण गरेका छन् । लघु कथा, कविता, मुक्तक, र स्टोरी टेलिङ (कथा सुनाउने कला) लोकप्रिय बन्दै गएको छ ।
समसामयिक राजनीति, लैङ्गिक समानता, वातावरणीय संकट, प्रवास, साइबर संसार आदिलाई आधार मानेर कथा, कविता, निबन्ध र उपन्यास लेखिँदैछ । प्रयोगवादी शैली र आत्मकथात्मक लेखनको बढ्दो प्रभाव देखिन्छ ।
अनुवाद साहित्यको महत्व बढ्दै गएको छ । नेपाली साहित्यका कृतिहरू अंग्रेजी, हिन्दी, चिनियाँ लगायत भाषाहरूमा अनुवाद भई विश्व बजारमा प्रवेश गर्दैछन्। त्यस्तै, विदेशी साहित्य नेपाली भाषामा अनुवाद भएर पाठकमाझ आइरहेका छन् ।
साहित्य प्रविधिसँग अझ घुलमिल हुनेछ । एआई जनित साहित्य, इन्टरएक्टिभ फिक्सन र भर्चुअल रियलिटी (भिआर) आधारित साहित्य सम्भावनाका रूपमा देखिन्छ ।
युवा पुस्ता छोटा र प्रभावकारी साहित्यतर्फ आकर्षित हुँदैछ, जसले साहित्यको संरचना र लेखन शैलीलाई नै नयाँ मोड दिइरहेको छ । अबको साहित्य परम्परागत स्वरूपमा मात्र सीमित नभई प्रविधिसँग समाहित हुँदै नयाँ रूप धारण गर्दै जानेछ ।
