गढवा ३ गोबरडिहामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न,२ सर ७४ जनाले लिए सेवा

आलोक भावुक

गढवा, ५ फागुन । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा ३ मा स्थित एकीकृत आँखा उपचार केन्द्रमा आयोजित एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरमा २ सय ७४ जनाको आँखा तथा कान परीक्षण गरिएको थियो, जसमा आंखा चेकजाचतर्फ १३ महिला र १८ पुरुष गरि ३१ जना मोतिबिन्दु भएका बिरामीहरु पत्ता लागेका छन्।

शिविरमा ६३ जनालाई नजिको निशुल्क चस्मा वितरण गरिएको छ। एकिकृत आंखा उपचार केन्द्र गढवा ३ गोबरडिहाकी प्रमुख शितल चौधरीका अनुसार कान चेकजाँच तर्फ ९१३ पुरुष र ४३ महिला गरी कुल ६२ जनाले सेवा लिएका छन्। शिविरमा आँखा तथा कान गरी कुल २ सय ७४ जनाको आँखा तथा कान चेकजाँच गरिएको थियो।

लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ। साथै, अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको लमही आँखा अस्पतालकी नेत्र सहायक सृजना खनालले जानकारी दिनुभयो।

PHACO प्रविधिबाट शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट, औषधी, र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने नेत्र सहायक शितल चौधरीले जानकारी दिनुभयो।

यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमही दाङले गढवा गाउँपालिका संग सहकार्य गरी गढवा गाउँपालिकाको बिभिन्न वडामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सञ्चालन हुन लागेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

चौधरीका अनुसार माघ ३० गते गढवा गाउँपालिका वडा नम्बर १ को वडाकार्यालय, फागुन १ गते गढवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, फागुन २ गते गढवा गाउँपालिका वडा नम्बर ६ स्थित गढवा बहुमुखी क्याम्पस परिसरमा, फागुन ३ गते गढवा ५ बांकीको वडाकार्यालयमा, फागुन ४ गते ४ नम्बर वडा कार्यालय, फागुन ५ गते वडा नम्बर ३को वडाकार्यालय र फागुन ६ गते गढवा ७ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने तय भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID