
गढवा, ४ फागुन। दाङ देउखुरिको गढवा गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीहरुका लागि मनोपरामर्श तालिम सुरु गरेको छ।
आईतबार तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा गाउघरमा मानसिक रोग संग सम्बन्धित धेरै व्यक्तिहरु बिछिप्त भएको, तनाब बाट गुज्रिरहेको, डिप्रेसनको सिकार हुदै गएकोले जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा देखा परेकोले गढवा गाउँपालिकाले मानसिक स्वास्थ्यको समस्या आईरहेको हुनाले त्यसलाई समाधान निराकरण गर्नका लागि विद्यालयहरु बाट मानसिक स्वास्थ्य कार्यक्रम तथा तालिमको आयोजना गरेको बताउनु भयो।
मानसिक समस्याको पहिचान, बचाव सम्बन्धि ज्ञान दिनका लागि माध्यमिक स्तरका विद्यार्थीहरुबाट नै सुरु गर्ने गरी तालिम दिन थालेको अध्यक्ष पोख्रेलले बताउनुभयो। विद्यालयमा कितावी ज्ञान संगै मानसिक स्वास्थ्य सम्बन्धी ज्ञानको अति नै महत्व हुने ठहर गर्दै तालिम सुरु गरेको बताउनु भयो। तिनदिने तालिम पश्चात् कति प्रभावकारी हुने बारे छलफल गरी प्रभावकारी भए आगामी वर्ष देखी व्यापक रुपमा कार्यान्वयन गरीने बताउनुभयो। मानसिक समस्याका कारण युवा पुस्ता तनावमा हुने, आत्महत्या जस्ता घटनाहरु बढ्दै गएको भन्दै त्यसलाई रोकथामका लागि यो तालिम प्रभावकारी हुनेमा आफुहरु आसाबादी भएको बताउनुभयो। तालिमको मुख्य उद्देश्य स्वास्थ्य सम्बन्धि समस्याको समाधान के हुने बारे बिशेष चर्चा हुने बताउनु भयो।
त्यसैगरी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै सरस्वती माविका प्रधानाध्यापक सुर्यप्रकाश बर्माले मानसिक समस्याको समाधान आफु भित्रै भएको तर कु अवस्थामा कुन निर्णय गर्ने भन्ने ज्ञान नहुँदा आत्महत्या जस्ता घटनाहरु घट्ने हुनाले यस तालिम पश्चात् बिद्यार्थीहरुले मानसिक रोग, समस्याको समाधान गर्न सक्ने घर परीवार समाजलाई बुझाउन सक्ने ज्ञान प्राप्त गर्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो।
तालिम गढवा गाउँपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडियाका प्रधानाध्यापक सुर्यप्रकाश बर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सुरु भएको हो।
गढवा गाउँपालिकाको आयोजना तथा संकल्प नेपालको सहजिकरणमा तालिम सुरु भएको छ। गढवाको ३ माध्यमिक विद्यालयमा तालिम सञ्चालन हुने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भएको छ।
गढवाका माध्यमिक विद्यालयहरुका विद्यार्थीहरु लाई सहभागी गराउने गरी कार्यक्रम तय गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडियामा सञ्चालन भएको तिनदिने तालिममा माध्यमिक विद्यालय पचहिया र सरस्वती माध्यमिक विद्यालय बिद्यानगरका मावि तहका बिद्यार्थीहरुको सहभागिता रहेको छ।
तालिमको प्रमुख प्रशिक्षणमा संकल्प नेपालका उपाध्यक्ष तथा मनोबिद् खिमा रिजाल रहनु भएको छ भने कार्यक्रमको सहजिकरण पुष्पा पौडेलले गर्नु भएको छ।
