३०औं जनयुद्ध दिवसको अवसरमा गढवा माओवादी केन्द्रद्वारा श्मशान घाटमा सरसफाइ

आलोक भावुक

गढवा, १ फागुन। ३०औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले लमही नगरपालिकामा रहेको राप्तीपुल श्मसानघाटमा बृहत सरसफाई गरेको छ।

माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले ३०औं जनयुद्ध दिवसको अवसरमा श्मसान घाट तथा गढवा बजारको मुख्य चोकम2 जेब्रा कर्सिङमा पेन्टीङ गरिएको गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेले जानकारी दिनुभयो।

२०५२ साल फागुन १ गते आजैका दिनबाट माओवादीले सशस्त्र जनयुद्धको सुरु गरेको थियो । उक्त दिनलाई माओवादीले आफ्नो जनयुद्धको दिवसको रुपमा मनाउँदै विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सरकारले जनयुद्ध दिवसमा दिदै आएको सार्वजनिक बिदा कटौती गरेता पनि केही स्थानीय तहहरुले भने जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएका हुन् ।

सरसफाइ कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य यमनारायण शर्मा पोख्रेलले माओवादी आन्दोलनको जगमा यी सबै व्यवस्थाको स्थापना भएको भन्दै माओवादी सेनाले जनयुद्धको सुरुवात गरेर देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समानुपातिक प्रतिनिधित्व, जातिय छुवाछुतको अन्त्य, जन सम्बिधान लगायतका थुप्रै उपलब्धि हासिल गरेको बताउनु भयो।

सरसफाई कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य यमनारायण शर्मा पोख्रेलले दश बर्षे महान जनयुद्धको जगमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचनसंघीयता, धर्मनिरपेक्षता र समावेशिता, सशस्त्र द्वन्द्वको राजनीतिक रूपान्तरण, भूमि सुधार र सहकारी अर्थतन्त्रको वकालत, सुरक्षा क्षेत्रको पुनर्संरचना, महिला तथा युवाहरूको सशक्तीकरण लगायतका थुप्रै महत्वपूर्ण उपलब्धिहरू जनयुद्धको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिणामस्वरूप सम्भव भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै नेकपा (बिप्लव) का केन्द्रीय सदस्य गणेश कुमालले जनयुद्धले उठाएका ऐजेण्डा, मुल्यमान्यता अहिले पनि पूरा नभएकाले शहिदहरुले देखाएको बाटोमा निरन्तर लागिरहन आवश्यक रहेको बताउनुभयो।

सरसफाइ अभियानमा माओवादी केन्द्र र नेकपा( बिप्लव)का नेता, गढवा गाउँपालिका कमिटीका सदस्यहरु, प्रेस सेन्टरका पदाधिकारी स्थानीय लगायतको सहभागिता रहेको थियो।

मा प्रकाशित