स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा माओवादीले नेतृत्व गरेको तिन पालिका शिर्षस्थानमा

राप्ती पहिलो गढवा दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो

आलोक भावुक

गढवा, ३० माघ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/०८१ मा दाङको १० स्थानिय तहमा राप्ती गाउँपालिका प्रथम, गढवा गाउँपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो भएको छ।

राप्ती गाउँपालिका शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११,सेवा प्रवाहमा १६, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा १२.५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ र सहकार्य र समन्वयमा ६ गरि कुल ९७.५ प्रतिशत अंक पाएको छ ।

दोस्रो भएको गढवा गाउँपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा १२.५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८र सहकार्य र समन्वयमा ६ गरि कुल ९६.५ प्रतिशत अंक पाएको छ ।

तेस्रो हुने बंगलाचुली गाउँपालिका शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११ सेवा प्रवाहमा १५.५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वयमा ६ गरि कुल ९६ प्रतिशत अंक पाएको छ ।

चौथो हुने बबई गाउँपालिका ९५.५ प्रतिशत अंक, पाचौ हुने घोराही उपमहानगरपालिका ९५ प्रतिशत अंक, छैठौं हुने लमही नगरपालिका ९०.७५ प्रतिशत अंक, सातौं हुने राजपुर गाउँपालिका ८९.७५ प्रतिशत अंक, नबौ हुने तुलसीपुर उपमहानगरपालिका ७७.२५ प्रतिशत अंक र दशौ हुने शान्तिनगर गाउँपालिका ६४.२५ प्रतिशत अंक ल्याएको छ।

शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ५.४५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११ सेवा प्रवाहमा १५.५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वयमा ६ गरि कुल ९६ प्रतिशत अंक पाएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा १० वटा सूचकमा एक सय प्रश्नहरू हुन्छन् । विभिन्न सूचकमा ९ देखि १६ अङ्कसम्म पूर्णाङ्क तोकिएको हुन्छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धिका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ ।

स्थानीय तहको सबल दुर्बल पक्षहरूको विशेषण गर्ने प्रायोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ आफ्नो वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID