गढवा १ मलमलका उद्यमी महिलाहरुलाई आधारशिला तालिम

आलोक भावुक

गढवा, ३० माघ।भोका लाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔं भन्ने मुल मन्त्रका साथ गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना द्वारा गढवा गाउँपालिका वडा नम्बर १ मलमलमा ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ।
मलमलामा गठित चौतारी उद्यमी महिला समूहका अध्यक्ष रिता कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
तिनदिने आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले तालिममा जे सिक्नु भयो त्यति मात्र गरे पनि जिवन जिउने आधार बदल्न सक्ने बताउनुभयो।
उद्यमको मतलव पैसा कमाउने जुक्कि भएको बताउदै वडाध्यक्ष अधिकारीले आत्मनिर्भर र महिला शसक्तिकरणका लागि भिटा परियोजनाका बिभिन्न कार्यक्रमहरु बरदान सावित हुने बताउनु भयो। गढवा गाउँपालिकाका कृषकहरुले उत्पादन गरेका तरकारी, अन्नपात, दुग्ध, खसीबोका लगायतको बजारीकरणमा कुनै समस्या नभएको बताउनुभयो। आफुहरु निर्वाचित भएदेखी कृषि तथा पशु क्षेत्रमा बढी ध्यान केन्द्रित गरेको बताउनु भयो । महिला शसक्तिकरण र आत्मनिर्भरका लागि व्यवसायिक उत्पादनमा जोड दिन सबैमा अनुरोध समेत गर्नु भयो ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवाम2आ सञ्चालित भिटा परियोजनाले महिला शसक्तिकरण, आत्मनिर्भरका लागि व्यवसायिक उत्पादनमा जोड, कृषि तथा पशु क्षेत्रमा उत्पादन बस्तुलाई सहज बजारीकरणको लागि विभिन्न सरकारी तथ2 गैर सरकारी निकायहरु संग समन्वय, सम्झौता गरी सहज बजारीकरणलाई निरन्तरता दिएको छ।
भिटा परियोजन कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी  गढवा गाउँपालिकाको गौरबको परियाेजना हो। यो परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित रहेर साना किसानलाई जिवन परिवर्तनका लागि मार्गदर्शन हुने कार्यक्रम भएको भिटा परियोजनाले जनाएको छ।
तिनदिने तालिमको प्रशिक्षक भिटा परियोजनाका सामुदायिक सहजकर्ता यमुना सुबेदी र अभिषेक गिरी रहनु भएको थियो।
समाप कार्यक्रमको सहजिकरण सामुदायिक सहजकर्ता अभिषेक गिरीले गर्नु भएको थियो।

मा प्रकाशित