
गढवा, २५ माघ । स्वदेशमै सम्भावनाको खोजी गरौ’विद्यार्थी बिदेशको पलायन चिन्ताको बिषय भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गाउँपालिका वडा नम्बर – ६ स्थित ज्ञानज्योति इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको २३औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले बर्तमान शिक्षाबाट कोही पनि सन्तुष्ट हुन नसकेको बताउनुभयो। हालको शिक्षाबाट नत बिध्यार्थी सन्तुष्ट छन् नत अभिभावक नत शिक्षक नै खुसी छन्-अध्यक्ष पोख्रेलले बताउनुभयो। वर्तमान शिक्षा आर्जन गरेर विद्यार्थी विदेश पलायन अथवा बिदेश प्रतिको मोह बढ्नु शिक्षा क्षेत्रमा चुनौतीको रुपमा देखा परेको बताउनुभयो।
विद्यार्थीहरुलाई स्वदेशमै राम्रो सम्भावना छ भनेर बिशेष ज्ञान दिन आजको आवश्यकता महसुस भएको बताउनुभयो। पछिल्लो अवस्थामा राम्रो अंक प्राप्त गर्नुको उद्देश्य बिदेशिनु रहेको बताउदै अध्यक्ष पोख्रेलले त्यसबारे चिन्तन गर्न जरुरी रहेको बताउनुभयो। आफ्नो देशमा थोरै काम गरेर थोरै कमाएर सन्तुष्टी हासील गर्न सकिने मनोभाव हुन सबै अभिभावकमा आवश्यक रहेको छ।विद्यार्थीलाई बिद्यालय पठाएर मात्र शिक्षाको गुणस्तर सुधार हुने बिद्यार्थीको अंक राम्रो आउने संस्कार सहितको शिक्षा प्राप्त हुन्छ भन्नु गलत हो, त्यसका लागि अभिभावकहरु लगनशिल हुनुपर्छ, आफ्ना छोरा छोरी काहा छन् के पढे के गृहकार्य गरे कतिको ध्यान पठनपाठनमा लगाएतका छन् जस्ता कुरामा चासो राख्नै पर्ने बताउनुभयो।
गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित ज्ञानज्योति इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको २३औं बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलवार बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्र गढवाकी प्रमुख ब्रह्माकुमारी यसोदा भट्टराईको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
विद्यालयको वार्षिक शैक्षिक प्रगति र भावी योजनाबारे प्रतिबेदन प्रस्तुत विद्यालय प्रीन्सिपल दिपक कुमार यादवले बिक्रम सम्बत् २०५७ सालमा ज्ञानपुञ्जको नामबाट स्थापना भई केही समम बन्द भई २०६० सालमा नाम ज्ञानपुञ्जको नामबाट ज्ञानज्योति इङ्ग्लिस बोर्डिङ स्कुल नाम धारणगरेको जानकारी दिनुभयो। हाल विद्यालयमा ४ सय ३१ छात्र र ३ सय ६२ छात्रा गरी ७ सय ९३ विद्यार्थी अध्ययनरत रहेको शैक्षिक प्रगति प्रतिवेदनमा प्रस्तुत गर्नु भएको थियो। साथै विद्यालयमा ३२ जना शिक्षक /शिक्षिका, ३ जना सुरक्षागार्ड, ३ जना कार्यालय सहयोगी, ४ जना बस चालक, ४ जना सहचालक सहित ४६ जना प्रत्यक्ष रोजगार प्राप्त गरेको प्रतिबेदनमा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा बिविध भेषभुषा झल्किने साँस्कृतिक झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो भने बिद्यालयको बार्षिक पठन–पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा बिद्यालयका प्रिन्सीपल दिपक कुमार यादवले बिद्यालयको संस्थागत प्रतिवेदन तथा बार्षिक कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।समारोहमा बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल प्रिन्सिपल बिकाश रजौरे, पत्रकार केपी घिमिरे, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, चेतनशील महिला समाज केन्द्रकी अध्यक्ष शकुन्तला डिसि, निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष कपिलदेव खनाल, शिक्षा प्रेमी नवराज देवकाेटा र राम प्रसाद गैरे लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सञ्चालक समितिका सदस्य तथा लेखा संयोजक ऋषिराम यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षकद्वय तिला खनाल र राम बहादुर चौधरीले गर्नु भएको थियो।
