गढवा गाउँपालिका अध्यक्षको जन्मदिनमा दुर्गम क्षेत्र अवलोकन र कृषकसँग अन्तरक्रिया

आलोक भावुक

गढवा, २६ माघ। गढवा गाउँपालिका अध्यक्ष जन्मदिनको अवसरमा गढवा गाउँपालिकाको दुर्गम सालभौरीनाकामा पुगी त्यहाँका कृषि तथा पशु पालक कृषकहरु संग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ।

गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत निर्माण भएका बाख्राका खोर, बाख्राको अवलोकन गर्नु भएको हो।

अध्यक्ष पोख्रेल सहितको टिमले सालभाैरीनाका, कोइलाबासको डाडागाउ, लगायतकको ठाउँमा पुगी किसान तथा स्थानीयहरु संग भेटघाट तथा छलफल गर्नु भएको हो।

साथै बोर्डर क्षेत्रमा बसोबास गरीरहेका कुमाल समुदायहरु संग समेत भेटघाट तथा शेरामिक सामाग्री निर्माणको बारेमा जानकारी लिनु भएको हो।

अनुगमन टोलीमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल संगै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरी, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, सिएफ कैलाश चौधरी लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID