शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १५औं बार्षिकोत्सव सम्पन्न

आलोक भावुक

गढवा, २५ माघ । गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित शुभतारा माध्यमिक बिद्यालयको १५औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार बिविध कार्यक्रमका साथ गढवामा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाले छोटो समयमा राम्रो नतिजा दिन सफल भई गढवाको समग्र शैक्षिक विकासमा विद्यालयको अहम भुमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिनु भयो। पछिल्लो समयमा पढाईको मतलव बिदेश या सरकारी जागिर तर्फ मात्र आकर्षित भएकाले त्यसभ्रम लाई अन्त्य गरी संस्कार सहितको शिक्षा आजको पहिलो आवश्यकता महसुस गरी पठनपाठन गराउन आवश्यक रहेको बताउनुभयो। राम्रो विद्यार्थी +२ पास गरेर बिदेश जाने जुन लहर चलेको छ त्यसले देशको भविष्य राम्रो हुने संकेत नगरेको बताउनुभयो। आफ्ना छोराछोरी स्वदेशमा जागिर गर्छन भन्नु भन्दा बिदेशमा छन् भनेर गर्ब गर्ने मानसिक्ता अभिभावकहरुले बदल्न आवश्यक रहेको बताउनुभयो। विद्यालयहरुले पनि पठनपाठनमा स्वदेशमै रोजगारी, स्वदेशमै कृषि तथा पशुपालन क्षेत्रमा राम्रो सम्भावना छ भनेर जानकारी दिनु पर्ने अवस्था आईपरेको बताउनुभयो।

विद्यालयको वार्षिक प्रगति र भावी योजनाबारे प्रतिबेदन प्रस्तुत विद्यालय प्रीन्सिपल बिकाश रजौरेले बिक्रम सम्बत् २०६६ सालमा स्थापना भई २०६७ साल देखि पठनपाठन सुभारम्भ गरेको शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलमा हाल कक्षा १२ सम्म ९ सय ३६ जना विद्यार्थी अध्यापन गरिरहेको संस्थागत प्रतिबेदनमा विद्यालयका प्रिन्सिपल बिकाश रजौरेले प्रस्तुत गर्नुभएको थियो। विक्रम सम्बत २०७२ सालदेखि एसईई परिक्षामा पहिलो पटक सहभागी भई ८ जना मध्ये २ जना ए प्लस, ३ जना ए, ३ जना बि प्लस ग्रेड सहित उतिर्ण गराउन सफल भएको र हाल सम्म ए प्लसको प्रगति निरन्तरतामा रहेको प्रतिबेदनमा प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा बिविध भेषभुषा झल्किने साँस्कृतिक झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो भने बिद्यालयको बार्षिक पठन–पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा बिद्यालयका प्रिन्सीपल बिकास रजौरेले बिद्यालयको संस्थागत प्रतिवेदन तथा बार्षिक कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।समारोहमा बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।

बिद्यालयका सहायक प्रिन्सीपल मधुवाबु थापाको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गर्नुभएको थियो ।

मा प्रकाशित