गढवामा अवैध पैठारी नियन्त्रणका लागि कार्यदल गठन

आलोक भावुक

गढवा, २४ माघ। गढवामा अवैध पैठारी नियन्त्रण कार्यदल गठन तथा परिचालन समन्वय बैठक बिहीबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बांके, पशु क्वारेन्टाईन अस्थाई चेक पोष्ट भालुवाङको आयोजनामा सम्पन्न भएको छ।

सम्पन्न बैठकले अवैध पैठारी नियन्त्रण कार्यदल गठन समेत गरेको छ। बांके पशु क्वारेन्टाईन अस्थाई चेक पोष्ट भालुवाङको संयोजकत्वमा समिति गठन गरेको छ। जस्को सदस्यहरुमा गढवा गाउँपालिकाको कार्यालय,इलाका प्रहरी कार्यालय गढवा, कोइलाबास भन्सार कार्यालय, गढवा उद्योग बाणिज्य संघ, गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा, बोर्डर आउट पोष्ट कोईलाबास, गढवा गाउँपालिका प्रेस संयोजक, पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज, बांके, व्यवसायी तथा ब्यापारीहरु सदस्य रहने गरी नयाँ कार्यदल गठन भएको छ।

गठित कार्यदलले अवैध पैठारी नियन्त्रण गर्न सामहिक रुपमा गस्ती गर्ने, शंकास्पद स्थानमा छापा मारी खोज तलास गर्ने, लगाएतको कार्य गर्ने छ।

पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज, बांकेका प्रमुख डा. राजकुमार थारुको अध्यक्षता सम्पन्न भएको बैठकमा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, गढवा पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत अमरराज रेग्मी लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID