लुम्बिनी प्रदेशकै गौरव ‘ सिद्धार्थ होटल ग्रीन लुम्बिनी ‘ -उपप्रमुख योगी

प्रिया स्मृती गजमेर

देउखुरी, २३ माघ।लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले सिद्धार्थ होटल ग्रीन लुम्बिनी प्रदेशकै गौरवका रुपमा रहेको बताउनु भएको छ । सिद्धार्थ हस्पिटालीटीको २७ औं वार्षिक उत्सवको अबसर पारेर सिद्धार्थ होटल ग्रीन लुम्बिनीले आज बुधबार आयोजना गरेको २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख योगीले यो होटल लमहीमा स्थापना हुनुले यहाँको आर्थिक आयलाई समेत टेवा पुगाएको बताउनु भयो। होटल खुलेसंगै यहाँका स्थानीयले रोजगार पाएको बताउदै आउने दिनमा होटलले प्रगति गर्दै जानेमा विश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुल बहादुर केसीले सिद्धार्थ होटल ग्रीन लुम्बिनी जस्ता सुविधा सम्पन्न होटलहरु अरु पनि लमही क्षेत्रमा स्थापना हुन् आवश्यक रहेको बताउनु भयो । लमहीमा ठुला ठुला र सुविधा सम्पन्न भौतिक संरचना नहुँदा नै प्रदेशको राजधानी देउखुरीमा आउन ढिला भएको स्मरण गर्दै राज्यले सेवा प्रदान गर्न सहज हुने खालका संरचना निर्माण गर्ने तर्फ सबैको ध्यान हुनु पर्ने बताउनु भयो ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले सिद्धार्थ होटल ग्रीन लुम्बिनीले हालसम्म सबैलाई चित्त बुझ्दो सेवा गरेको भन्दै आगामी दिनमा जनगुनासो नआउने गरि सेवा प्रदान गर्न आग्रह गर्नु भयो ।

सिद्धार्थ हस्पिटालीटीको २७ औ वार्षिक उत्सवको अबसर पारेर सिद्धार्थ होटल ग्रीन लुम्बिनीले विभिन्न कार्यक्रम गरि मनाएको छ । लमही नगरपालिका-१ मा रहेको श्रीजनशील बृद्ध बृद्धा आश्रममा पुगेर असाहय मानिसहरुलाई खाना खुवाउने तथा कपडा वितरण गरेको छ त्यस्तै ॐ शान्तिको चोकदेखि वडा प्रहरी कार्यालयदेखि बजार हुँदै देउपुर रोडसम्म सरसफाई गरेको छ ।

सो होटलमा कार्यरत कर्मचारी गोपाल विकलाई उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ होटल ग्रीन लुम्बिनीले प्रमाणपत्रले सम्मान गरिएको छ । सिद्धार्थ होटल ग्रीन लुम्बिनीका म्यानेजर वीरेन्द्र मुडवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मनरुपा पाण्डेले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID