
गढवा, १८ माघ। गढवा गाउँपालिका वडा नम्बर २ मा स्थित श्री लखपति सामुदायिक वन उपभोक्ता समूहको २४सैं वार्षिक साधारण सभा शुक्रबार पचहियामा सम्पन्न भएको छ।
सामुदायिक वनका अध्यक्ष आशा राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिकाका निवर्तमान अध्यक्ष सहजराम यादव तथा गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सामुदायिक वन लाई दिगो हिसाबले संरक्षण गर्नको लागि समुदायलाई नै जिम्मेवारी दिने अवधारणा अनुसार नेपालमा सामुदायिक वनको अवधारणा आएको बताउनुभयो। संरक्षण र लाभको दुबै जिम्मा उपभोक्ता लाई दिने हिसावको सामुदायिक वन उपभोक्ता समूह गठन गर्ने गरी अघि बढेको बताउनुभयो। सामुदायिक वनको संरक्षण गर्न हामी सबैको साझा दायित्व भएको बताउदै सामुदायिक वनको संरक्षण र लाभ दुबै लिनेमा उपभोक्ताहरु अघि सर्नु पर्ने बताउनुभयो भयो। लखपति सामुदायिक वन उपभोक्ता समूहले समुदायको हक हितको क्षेत्रमा कार्य गर्दै आएको भन्दै प्रशंसा समेत गर्नु भयो। वनको साधारण सभामा उपस्थित हुनेको संख्या घट्दै जानु चिन्ताको विषय भएको भन्दै वन भन्नले काठ दाउरा मात्र नभाई समग्र मानव जिवन नै वनमा निर्भर भएको बताउनुभयो। जलबायु परिवर्तनलाई नियन्त्रण गर्न एकमात्र साधन स्रोत भनेको वन भएकोले वनको संरक्षण गर्नमा सबैको प्रयास आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा गढवा गाउँपालिकाका निवर्तमान अध्यक्ष सहजराम यादवले शुभकामना दिँदै वन संरक्षण चुनौतीपूर्ण कार्य भएकाले सबै उपभोक्ताले आफ्नो सम्झेर सहकार्य र सहयोग गर्न अनुरोध गर्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा गढवा गाउँपालिका २ नम्बर वडा अध्यक्ष भक्तु चौधरीले उपभोक्ताहरुले नै वन संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले वन क्षेत्रमा चोरी तस्करी गर्ने र संरक्षणमा बाधा पुर्याउने हरूलाई कानुनी कटघरामा उभ्याई कारबाही गरिने बताउनुभयो।वन संरक्षण गर्न सबैको साथ सहयोगको खाँचो आवश्यक रहेकाले वन संरक्षणमा जुट्न सबैलाई अपिल समेत गर्नु भयो।
त्यसैगरी आर्थिक समितिका तर्फ आर्थिक प्रतिवेदन भगत नारायण चौधरीले प्रस्तुत गर्नुभएको थियो। प्रतिबेदनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नगद तथा बैंक बिबरणमा कुमारी बैंक लिमिटेडमा २४ लाख ३१ हजार र कृषि विकास बैङ्क लिमिटेडम २२ हजार २ सय २६ रुपैयाँ रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ। त्यसैगरी विभिन्न व्यक्तिहरुको नाममा ४ लाख ८ हजार १ सय २५ रुपैयाँ ७५ पैसा गरि कुल २८ लाख ६१ हजार ३ सय ५२ रुपैयाँ नगद तथा बैंकमा रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी वासलात तर्फ २०८१ असार सम्म पुँजीगत तथा दायित्व २८ लाख ६१ हजार ३ सय १५ रुपैयाँ ४५ पैसा र सम्पति बैक र नगद मौज्दात गरी २८ लाख ६१ हजार ३ सय १५ रुपैयाँ ४५ पैसा लेखापरीक्षणमा उल्लेख गरिएको छ।
कालाकाटे सब डिभिजन कार्यालय मोहन पुन, शान्ति सावउसका अध्यक्ष देवेन्द्र कुमार यादव, मावि पचहियाका प्रधानाध्यापक योग नारायण चौधरी, रात्री प्राविका प्रधानाध्यापक माधव प्रसाद पोख्रेल, समाजसेवी, शिक्षा प्रेमी मन्साराम यादव, पिपराका भरत चौधरी लगायतकाले बोल्नु भएको थियो।
सामुदायिक वनकी सचिव जिबा चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सामुदायिक वनका लेखा समिति सदस्य भानु यादवले गर्नु भएको थियो।
