गढवाका भैंसी पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर बितरण

आलोक भावुक

गढवा, १६ माघ। दाङको गढवा गाउँपालिकामा भैंसी पालक कृषकहरुलाई सहजताका लागि ५० प्रतिशत अनुदानमा च्याप कटर मेसिन बितरण गरिएको छ ।

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत सो मेसिन बितरण गरिएको हो।

गढवा गाउँपालिका वडा नम्बर २,३,४,५ र ६ नम्बर वडाका भैंसी पालक कृषकहरुलाई १० वटा च्याप कटर मेसिन वितरण गरिएको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

च्याप कटर मेसिन बितरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवाका भैसी पालक कृषकहरुको सपना साकार पार्न र व्यवसायिक रुपमा भैसी पालनमा प्रोत्साहन र सहजताका लागि च्यापकटर मेसिन वितरण गरिएको बताउनु भयो। गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको रागा, भकारो निर्माण लगायतका कार्यक्रम यस अघि नै सम्पन्न गरिसकेको घाँस खुवाउन सजिलो होस भन्ने हेतुले च्यापकटर (चारा मेसिन) बितरण गरिएको बताउनु भयो।

भैसी पालक किसानहरुको मुख्य समस्या दुग्घ बिक्री बितरण रहेको बताउदै पालिका अध्यक्ष पोख्रेलले त्यस समस्याको समाधान अन्तिम चरणमा पुगेको र अबको केही दिनमै गढवा कृषि उपज संकलन केन्द्रमा निर्माणाधिन दुग्ध संकलन केन्द्रको कार्य सुरु हुने जानकारी दिनुभयो। अब भैसी धेरै होईन दुध दिधे भैसी धेरै पाल्नुस्, व्यवसायीक रुपमा दुध बिक्री गरेर आत्मनिर्भर बन्नस् कृषकहरुलाई अध्यक्ष पोख्रेलले भन्नु भयो।

गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संग सहकार्य गर्दै कृषि तथा पशु विकासमा आधारित गढवा गाउँपालिकाको सबैभन्दा ठुलो भिटा परियोजना सञ्चालन गरेको छ। जसबाट तरकारी खेती, बाख्रापालक कृषकहरुलाई बाख्रा, बोका, खोर, तालिम,र भैसी पालक कृषकहरुको लागि नश्लसुधारका लागि उन्नत जातको राँगा वितरण, गोठ सुधार, भकारो निर्माण संगै सामुहिक बजारीकरणको कार्यक्रम निरन्तर अघि बढाएको छ। भने कृषि उपजको सलज बजारीकरणको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी संग सम्झौता गरेर बजारीकरणको कार्यक्रम गरीरहेको छ।

मा प्रकाशित