नेपाली राजनितिमा सहिदको योगदान अतुलनिय:उपाध्यक्ष चौधरी

आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नेपाली राजनीतिमा शहिदको योगदान अतुलनीय रहेको बताउनु भएको छ। गढवा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताउनुभएको हो।

राष्ट्रिय स्वाधीनता, स्वाभिमान रक्षाको लागि र जनताको हक अधिकारको लागि हाँसी हाँसी आफ्नो प्राणको आहुति दिने बिर सहिदहरुको सपना साकार पार्न सबै राजनीतिकदलहरुको प्रमुख कर्तव्य भएको बताउनुभयो।

जसले देशको स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि आफ्नो जीवन बलिदान गर्नु हुने मुख्यगरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि लडेका थुप्रै व्यक्तिहरूले आफ्नो जीवन बलिदान गर्ने बिर अमर शहिदहरु विशेष गरी, २०१७ सालको प्रजातान्त्रिक आन्दोलनमा राणा शासनको विरोध गर्ने क्रममा चार महान शहीद शहीद शुक्रराज शास्त्री, शहीद धर्मभक्त माथेमा, शहीद गंगालाल श्रेष्ठ, शहीद दशरथ चन्द त्यसैगरी १० दश वर्षे महान जनयुद्धको क्रम आफ्नो ज्यान बलिदान गर्ने ज्ञान अज्ञात सहितहरु प्रति देशले गर्ब गर्नु पर्ने उपाध्यक्ष चौधरीले बताउनुभयो।

कार्यक्रममा बोल्ने वक्ताहरुले शहीदहरूको बलिदानकै कारण आज नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था, मानव अधिकार, समानता र स्वतन्त्रता स्थापित हुन सकेको छ। विर शहिलहरूको सपना साकार पार्न हामीले पनि न्याय, समानता, र विकास को पक्षमा लाग्नुपर्ने बताएका थिए।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, जनप्रतिनिधि, लगायतकको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID