गढवा गाउँपालिका अध्यक्षद्धारा प्रचण्डलाई शेरामिक सामाग्री उपहार

आलोक भावुक

देउखुरी १२ माघ । दाङदेउखुरीको राप्ती गाउँपालिकामा आधारभुत अस्पतालको उद्घाटन गर्न आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शेरामिक सामाग्री उपहार दिनु भएको छ।

गढवा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष पोखलले शेरामिक सामाग्री उपहार दिनु भएको हो।

गढवा गाउँपालिकाले गाउँपालिकालाई शेरामिक हब को रुपमा बिकास गर्न विभिन्न कार्यक्रमहरु अढि बढाएको छ। नेपालकै उत्कृष्ट माटो गढवामा पाइने र परम्परागत रुपमा गढवाका कुमाल समुदायले माटोको भांडो बाट आफ्नो जिबिका चलाई रहेका छन् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भन्नु भयो। हामी गढवालाई शेरामिक हबको रुपमा विकास गर्न लागि परेका- छौ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई शेरामिक सामाग्री उपहार दिँएर स्थानीय उत्पादनको बजार प्रबद्र्धनमा मद्धत पुगोस भनेर पूर्व प्रधानमन्त्रीलाई सेरामिक सामाग्री उपहार दिएँ ’अध्यक्ष पोख्रेलले भन्नु भयो।

गढवा गाउँपालिकाले आफ्नै लगानीमा अहिले ३ जनालाई शेरामिक विषय अध्ययनका लागि काठमाडौँ पठाएको छ। साथै शेरामिक उत्पादन तथा बजारीकरणमा सहयोग गर्दै आएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID