संयुक्त एम्बुलेन्स चालक संघ दाङद्वारा स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

आलोक भावुक

गढवा, १२ माघ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा दाङले संघको स्थापना दिवस मनाएको छ । जिल्ला शाखा दाङले संघको सातौं स्थापना दिवसको अवसरमा द्विप प्रज्वलन कार्यक्रम गरि भव्यताका साथ मनाएको हो ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा दाङले गढवाम2 दिप प्रज्वलन गरी स्थापना दिवश मनाएको संघका अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो। दाङमा आ आफ्नो स्वास्थ्य संस्थाको अगाडि अगाडि दिप प्रज्वलन गरि स्थापना दिवश मनाएका छौ संघका जिल्ला अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष चौधरीले देशै भर छरिएर रहेका सम्पुर्ण एम्बुलेन्स चालकहरुलाई स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण एम्बुलेन्स चालकहरु जो अहोरात्र भोक प्यास नभनि मानव सेवामा तल्लीन रही निरन्तर मानव सेवामा लाग्नु भएको छ त्यो कामलाई इमानदारीताका साथ निर्बाह गर्न सुझाव दिनु भयो । उहाँले एम्बुलेन्स सेवा जस्तो संवेदनशिल क्षेत्रलाई संघले भरपर्दो र विश्वासिलो बनाउन संघले विभिन्न योजनाहरुको बनाएको बताउँदै कार्यान्वयन गरिने चौधरीले प्रतिवद्धता व्यक्त गर्नुभयो । एम्बुलेन्स चालक एउटा सामान्य गाडी चालक मात्र नभई ठुलो जिम्मेवारी र एक एक सेकेन्ड समयमको महत्व रहने मानव स्वास्थ्य संग जोडिएको बिषय भएकोले जिम्मेवारी पुर्वक काम गर्न सबैमा अनुरोध समेत गर्नु भयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID