गढवा गाउँपालिकाले विद्यार्थीलाई कानुन सम्बन्धि लेखन तथा सचेतनामूलक ज्ञान दिंदै

आलोक भावुक

गढवा, १० माघ।दाङको गढवा गाउँपालिकाले कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुलाई कानुन सम्बन्धी लेखन तथा सचेतनामूलक कानुनी जानकारी दिएको छ।

गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडियामा अध्ययनरत विद्यार्थीहरुलाई कानुन सम्बन्धी जानकारी दिईएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यालयमा अध्ययन संगै विद्यार्थीहरु लाई कानुन सम्बन्धी ज्ञान दिन आवश्यक रहेकोले गाउँपालिकाले गढवाका विद्यार्थीहरुलाई कानुनी सचेतना तथा लेखन सम्बन्धी कार्यक्रमको आयोजना गरेको बताउनु भयो। कानुन सम्बन्धी ज्ञान नहुदा समाजमा बाल बिबाह, लैङ्गिक हिंसा, जस्ता अपराधहरु बढ्दै गएकोले त्यस्ता कार्य अन्त्यकाका लागि भविष्यका भाग्यबिधाता भनिने विद्यार्थीलाई कानुनी ज्ञान आवश्यक भएको महसुस गर्दै कार्यक्रमको आयोजना गरेको बताउनु भयो। पढाई मात्र गरेर समाजमा सबथोक बदल्न सकिदैन, समाजमा बाल बिबाह बहुबिबाह, सम्बन्ध बिच्छेदका घटनाहरु, हिंसाका घटनाहरु, लगायतकको थुप्रै गलत कार्यहरु हुने गरेको बताउदै गाउँपालिका अध्यक्ष पोख्रेलले पढाईको साथै कानुन सम्बन्धी अति आवश्यक भएको बताउनुभयो। +२ पास गरेर पनि सामान्य कानुन सम्बन्धि निबेदन समेत लेखन् नसक्ने अवस्थामा यो पुस्ता रहेको भन्दै अध्यक्ष पोख्रेलले कानुन सम्बन्धी लेखन कार्यमा ज्ञान उत्तिकै महत्वपूर्ण भएकाले गढवा गाउँपालिकाले कानुनी सचेतना तथा लेखन कार्यक्रम विद्यालयमा गरेको बताउनु भयो।

कार्यक्रममा बोल्दै सरस्वती मावि बिद्यानगर गोबरडिहाका प्रधानाध्यापक सुर्यप्रकाश बर्माले यस्तो खालको कार्यक्रमले विद्यार्थीहरुमा ऊर्जा थपिएको बताउँदै यस्तो कार्यक्रमबाट विद्यार्थीको व्यवहार परिवर्तन गर्न सकिने बताउनुभयो ।विद्यार्थीहरुलाई चौतर्फी ज्ञानको आवश्यकता पर्ने हुनाले सबै विद्यालयहरुमा कानुन सम्बन्धि सचेतना तथा लेखनको कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो।

गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा विद्यार्थीहरुलाई कानुन र कानुन सम्बन्धि कागजात तयार पार्ने सम्बन्धी जानकारी दिईएको हो।
सम्पन्न भएको कार्यक्रममा १ सय ५० बढी विद्यार्थीहरूलाई कानुनसम्बन्धी जानकारी दिएको सर्वोच्च अदालत काठमाडौँका उप-सचिव राजेन्द्र कुमार शर्माले जानकारी दिनुभयो। कानुन सम्बन्धी लेखन तथा सचेतना कार्यक्रममा कक्षा ९ देखी १२ सम्मका विधार्थीहरुको सहभागिता रहेको थियो ।
संवैधानिक अधिकार, कानुनी अधिकार, अधिकार हनन् भएमा उपचार प्राप्त गर्ने उपाए, मुद्दा गर्ने हद म्याद, हकदैया र क्षेत्राधिकारका विषय, जेष्ठ नागरिक, बालबालिका तथा महमहिलाका अधिकार, बाल न्यायिक कार्यविधि, सम्बन्ध बिच्छेद, घरेलु हिंसा, विद्यार्थीका अधिकार, समसामयिक विभिन्न कसुर र सो मा हुने सजाय, महत्वपूर्ण लिखतका नमूना अभ्यास लगायतका थुप्रै बिषयका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको प्रशिक्षक तथा सर्वोच्च अदालत काठमाडौँका उप-सचिव राजेन्द्र कुमार शर्माले जानकारी दिनुभयो।

सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडियाका प्रधानाध्यापक सुर्यप्रकाश बर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको बिशिस्ट अतिथीमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आशा राम चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष चित्र बहादुर रावत, विध्यालयका लागि भुमीदान गर्ने समाजसेवी शिक्षा प्रेमी देवेन्द्र चौधरी, गढवा गाउँपालिका उजुर प्रशासक सुरेश पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य  कल्पना रावत र सपना राना मगर, शिक्षक सिता यादव, अभिशेक चौधरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो।

मा प्रकाशित