गढवा स्वास्थ्य चौकीबाट २४सै घण्टा इमर्जेन्सी सेवा सुरु, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका आचार्य द्वारा उद्घाटन 

आलोक भावुक

गढवा, ८ माघ । गढवा स्वास्थ्य चौकीबाट आजदेखि २४सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा सुरु भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले २४सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवाको आज मंगलवार उद्घाटन गर्नु भएको छ।

उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले १५ शैय्याको अस्पताल निर्माण कार्य आगामी बर्ष पुरा भएर सञ्चालन हुने त्यसपछी गढवाका नागरिक लाई स्वास्थ्य सेवा लिनका लागि गढवा छाडेर अन्यत्र जान नपर्ने बताउनुभयो। गढवा गाउँपालिकाले आफ्नै लगानीमा २ जना एम बिबिएस डाक्टरको व्यवस्थापन गरेर इमर्जेन्सी सेवा सञ्चालन गरेको बताउनु भयो

यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु भएपछी इमर्जेन्सी सेवा प्रभावित भएको बताउदो गढवा गाउँपालिकाले आफ्नो लगानीमा हाल गढवा स्वास्थ्य चौकीमा २ जना एम बिबिएस डाक्टर सहितको २४सै घण्टा इमर्जेन्सी सेवा सुचारु गरेको बताउनु भयो। हाल गढवा स्वास्थ्य चौकीबाट २४ सै घण्टा नर्मल डेलीभरी सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत नर्मल सर्जरी र ल्याब सहितको स्वास्थ्य सेवाको व्यवस्था गरिएको बताउनु भयो।

हाल १५ शैय्याको गढवा अस्पतालको निर्माणकार्य धमाधम भईरहेको छ । भवन निर्माण सम्पन्न भएपछि गढवा अस्पताल सञ्चालनमा आउने छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID