गढवा उद्योग वाणिज्य संघद्वारा गढवा गाउँपालिकालाई ७ बुँदे ध्यानाकर्षण पत्र

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ माघ । गढवा उद्याेग बाणिज्य संघले पालिकाका बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालनका लगायतका बारेमा ७ बुँदे ध्यानाकर्षण पत्र साेमबार गढवा गाउपालिकालाई बुझाएकाे छ ।

अस्तब्यस्त रहेकाे तरकारी बजार लाइ ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू ब्यबस्थापन, गढवामा पशु हाटबजार, ब्यबसायिक हाट बजार संचालन, बजार क्षेत्रमा दिर्घकालीन सडकबत्ति ब्यबस्थापन, गुणस्तरिय सिसि क्यामेरा जडान, गाउँपालिकाले परियाेजना मार्फत निर्माण गरेकाे भवन यथासिघ्र संचलान लगायतका महत्वपूर्ण बिषयहरू राखी गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलकाे नेतृत्वमा गएकाे टाेलिले पालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रेललाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।
पत्र बुझ्दै पालिका अध्यक्ष पोख्रेलले तरकारी बजार लाइ ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू ब्यबस्थापन, ब्यबसायिक हाट बजार संचालन, बजार क्षेत्रमा दिर्घकालीन सडकबत्ति ब्यबस्थापन, गुणस्तरिय सिसि क्यामेरा जडान भैसकेको गाउँपालिकाले भिटा परियाेजना मार्फत निर्माण गरेकाे भवन संचलान लगायतका महत्वपूर्ण कार्यहरु यथासिघ्र सञ्चालन हुने प्रकृयामा रहेको बताउनुभयो।
बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू ब्यबस्थापन, ब्यबसायिक हाट बजार संचालन लगायतका विषयमा व्यापारीहरु संग सहजिकरण गर्न उद्योग वाणिज्य संघलाई आग्रह समेत गर्नु भयो।
गढवा कृषि उपज संकलन केन्द्र निर्माण कार्य सम्पन्न भैसकेको र दुग्ध संकलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी गराउदै पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फागुन १ गते बाटै हाट बजार संचालन गर्ने गरि तयारी पालिकाले गरेको जानकारी समेत दिनु भयो। गढवा बजार ब्यबस्थापन गर्ने अन्तिम चरणमा पुगेका छौ, गढवा उद्योग बाणिज्य संघले समन्वय सहकार्य गरे अझ सहज हुने अध्यक्ष पोख्रेलले बताउनुभयो।
साथै उद्योग बाणिज्य संघ र सम्बन्धित पक्ष सँग एक कार्यक्रम गरि ब्यबस्थापन छिट्टै गरिने जानकारी दिदै अध्यक्ष शर्माले बजार क्षेत्रमा सडकबत्ति तथा सिसि क्यामेरा समेत सम्बन्धित वडा सँग छलफल गरिने बताउनु भयाे ।
यता गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले रातमा बजार क्षेत्र नै अन्धकार हुँदा, सिसि क्यामेरा नहुदा चाेरीका घटनाहरू बढ्न थालेकाले ध्यानाकर्षण पत्र बुझाईएकाे जानकारी दिनुभयाे ।
साथै अध्यक्ष बसेलले, अस्तब्यस्त तरकारी बजार, बाटाे तथा फुटपाथमा ढेब्लि ठेला हुनुले दुर्घटना बढ्न सक्ने भन्दै साे ब्यबस्थापनमा स्थानिय सरकार सँग उद्योग बाणिज्य संघ समन्वय गरि अघि बढ्ने बताउनु भयाे ।
गढवाकाे मेनचाेक साघुराे भएकाेले सडक बिभाग दाङ र हुलाकी राजमार्ग नेपालगंज सँग समन्वय गरि चाेक फराकिलाे बनाउन पहल समेत गरेकाे बताउनु भयाे ।
टाेलिमा संघका अध्यक्ष बसेल, पुर्व अध्यक्ष रबिलाल अाचार्य, बरिस्ठ उपाध्यक्ष मधा न्याैपाने, उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, सल्लाहकार उमाकान्त पन्त, रामप्रसाद गैरे, गुमानसिंह गुरूङ, प्रेस सल्लाहकार शिवराज पन्थि सदस्यहरू राज कुमार नेपालि, डेगमान जिसि लगायतकाे सहभागीता रहेकाे थियाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID