गढवामा सुरु भयो विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली, स्वास्थ्य क्षेत्रमा बरदान सावित हुने अपेक्षा

आलोक भावुक

गढवा, ३ माघ। दाङको गढवा गाउँपालिका बिहिवार देखी विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु भएको छ। आशा को आर्थिक सहयोग तथा कर्मा हेल्थको प्राविधिक सहयोगमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागु गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली गढवा गाउँपालिकाको लागि बरदान सावित हुने बताउनु भयो। विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली नहुँदा स्वास्थ्य क्षेत्रको एकिन डाटा संकलन भएको छैन जसबाट पालिकाले बनाउने स्वास्थ्य योजना प्रभावित हुने, बिरामीको उपचारमा जटिल्ता उत्पन्न हुने, बास्तबिक तथ्याङ्क नहुँदा हरेक क्षेत्रमा प्रभाव पार्ने गरेको बताउनु भयो। तर विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागु पश्चात बिरामी दोहोरिने समस्या, बिरामी नया कि पुरानो छुट्याउन नसक्दा दिर्घ रोगीहरुलाई जति पटक स्वास्थ्य चौकीमा जाँदा नयाँ ठंगले औषधी चलाउदा झन समस्या हुने जस्ता समस्याको अन्त्य हुने र समग्र गढवा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभयो। विद्युतीय अभिलेख प्रणालीबाट रोगीहरुको पहिचान, उपचारमा सहजता, दिर्घरोगीहरुलाई उपचारमा सहजता लगायतका थुप्रै काममा सहज हुने बताउनुभयो।

त्यसैगरी विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुभारम्भ कार्यक्रममा बोल्दै कर्म हेल्थका प्रशासन तथा सञ्चालक निर्देशक बिशाल चौधरीले यो प्रणाली लागु पश्चात बिलामी दोहोरीने समस्या समाधान हुने बताउदै पांच सय बिलामी स्वास्थ्य चौकीमा दोहोरीएर पांच हजार देखाउने जस्ता समस्या समाधान हुने बताउनु भयो। विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागु भएपछी प्रत्येक बिरामीको आईडी निर्माण गरीने र जति पटक आए पनि त्यै पुरानो डाटा हेरेर उपचार गर्ने र रोगको निदान गर्न सहज हुने यसबाट स्वास्थ्य कर्मी र बिरामी दुबैलाई फाईदा पुग्ने बताउनुभयो। नियमित फ्लोअपमा नआउने बिरामीलाई स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज अलर्ट (नोटिफिकेशन) हुने तर ति बिरामीलाई घरमै पुगेर औषधी उपचार तथा नियमित चेकजाँचका लागि सुझाउन मद्दत गरिने बताउनु भयो। यो विद्युतीय प्रणाली लागु नहुदा एन्टोबायोटिक औषधीहरु पुरा डोज नखानाले रोग पुर्णरुपमा ठिक नहूने जस्ता समस्या देखा पर्ने गरेको तर बिद्युतिय प्रणाली लागु भएसी त्यस्ता समस्या समाधान हुने बताउनु भयो। राजपुरको दुई वटा स्वास्थ्य केन्द्र बाट विद्युतीय प्रणालीबाट सेवा भैरहेको र गढवा गाउँपालिकामा गंगाप्रसपुर स्वास्थ्य चौकीबाट शुभारम्भ भएको र अन्य तिन वडा स्वास्थ्य चौकीमा पहिलो चरणमा सुरु हुने र अन्य ६ वटामा केही समयको अन्तरालमा सुरु हुने बताउनु भयो।

गढवा गाउँपालिकामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन गर्न गढवा गाउँपालिका र कर्म हेल्थ विच गत बैशाख २१ गते दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको थियो।
कर्म हेल्थ नेपाल सरकार, कम्पनी दर्ता कार्यालय, काठमाडौं तथा समाज कल्याण परिषदमा आबद्ध गैर नाफामुलक संस्था भएको हो। कार्यक्रम सञ्चालनका लागि जापानमा आधारित गैर सरकारी संस्था आशा नेपालले कर्म हेल्थलाई फन्डिङ गरी
विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली कार्यक्रम लागु भएको कर्म हेल्थका प्रशासन तथा सञ्चालक निर्देशक बिशाल चौधरीले जानकारी दिनुभयो ।
गढवा गाउँपालिका र कर्म हेल्थको साझेदारीमा गढवा गाउँपालिकाको आठ वटै वडामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा सामुदायिक स्वास्थ्य कार्यकर्ता परिचालन, गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका र दिर्घ रोगीहरुलाई घरघरमा भेंट गर्ने कार्यक्रम भैरहेको छ ।त्यसैगरी जनसङ्ख्या तथा स्वास्थ्य अभिलेख प्रणाली विकाश कार्यक्रम अन्तर्गत नियमित सर्वेक्षण तथा जनगणना, विध्धुतिय स्वास्थ्य अभिलेख प्रणाली जस्ता कार्यक्रमहरू साझेदारीमा सुरु भएका छन्।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य निर्मला परियारको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, कर्म हेल्थका योसिफुमिनन्, मामी सान, राजेन्द्र शाक्य गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, महिला स्वास्थ्य स्वयं सेविका, कर्म हेल्थका कर्मचारी, लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण गंगाप्रसपुर स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेलले गर्नु भएको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID