गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित

आलोक भावुक

गढवा, २६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको नेत्रज्योति संघ विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित भएको छ।

नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय काठमाडौंले संघको केन्द्रीय सभाको २९ औँ अधिवेशनले गढवा गाउँपालिकालाई नेपालको अन्धोपन निवारण गर्ने अभियानमा दाङको गढवा गाउँपालिकाले पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै नेत्रज्योति बिशिस्ट सम्मान बाट सम्मानित भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो।

२९ औँ अधिवेशन तथा सम्मान ग्रहण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उज्यालो अभियान कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका हरेक नागरिकलाई आँखाको उज्यालो प्रदान गर्ने अभियानमा लागि परेको बताउनुभयो। स्थानीय सरकारले मात्र सतप्रतिशत आंखाको उपचार सम्भव नभएकाले प्रदेश र संघ सरकारले आंखा स्वास्थ्यमा केन्द्रबाटै बजेट विनियोजन गर्नु पर्ने माग समेत गर्नु भयो।

कार्यक्रम नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चेतराज पन्तको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

नेपाल नेत्र ज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, लमही नगरपालिकाका प्रमुख जोग राज चौधरी, नेपाल नेत्रज्योति संघ केन्द्रीय समितिका महासचिव भरत बहादुर चन्द, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID