स्थापना दिवसमा गढवा प्याप्सनद्वारा सुधार गृहलाई सहयोग

आलोक भावुक /पुष्पा पौडेल

गढवा, २२ पौष। प्याप्सन दिवसको अवसरमा प्याप्सन गढवा समितिले गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार गृह) पुगेर खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ।

वि.सं. २०४७ साल मा भएको प्याप्सनले नेपालका निजी तथा बोर्डिङ स्कूलहरूको हकहितको संरक्षण, शैक्षिक सुधार, र विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएको छ । स्थापना भएदेखि नै प्याप्सनले निजी विद्यालयहरूलाई संगठित गरी तिनीहरूको समस्या समाधान र शैक्षिक विकासमा योगदान पुर्‍याउँदै आएको प्याप्सन गढवाका सचिव थानेश्वर न्यौपानेले जानकारी दिनुभयो।

शिक्षा र मानव सेवाले एक साझा उद्देश्यका रुपमा प्रस्तुत गर्दै सचिव न्योपानेले निजि विद्यालयहरूको मात्र नभई समुदायको हितका लागि काम गर्ने प्रेरणा मिल्ने बताउनुभयो।

खाद्यान्न लगायतका सामग्री बुझ्दै एन्टी नारकोटिक फाउण्डेशन नेपाल गढवा ३ धेरेनी का व्यवस्थापक सुरज घिमिरेले यस प्रकारका कार्यक्रमले शैक्षिक संस्था र सामाजिक संस्थाबीचको सहकार्य अझै सुदृढ बन्दै जाने बताउनुभयो।

शिक्षा क्षेत्र साथै मानव सेवामा सहयोग पुग्ने उद्देश्यले एन्टी नारकोटिक फाउण्डेशन नेपालमा खाद्यान्न लगायतका अन्य आवश्यक सामाग्री सहयोग गर्ने सोचका साथ सहयोग गरेको सचिव न्योपानेले बताउनुभयो।

प्याप्सनले शैक्षिक गुणस्तर सुधार,विद्यालयहरूको हकहित संरक्षण, शिक्षक र कर्मचारीको क्षमता अभिवृद्धि, विद्यार्थी-केन्द्रित गतिविधिहरू, शिक्षा नीति तथा बजेटको पैरवी, शैक्षिक कार्यक्रम सञ्चालन लगायतको कार्यहरु गर्दै आएको संस्था हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID