गढवामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन र क्षमता विकास कार्यशाला सम्पन्न

आलोक भावुक

गढवा, २१ पौष। स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन तथा क्षमता बिकाश कार्यशाला गढवामा सम्पन्न भएको छ।

सञ्जाल गठन तथा क्षमता बिकाश कार्यशालामा बोल्दै नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकाश केन्द्र समावेशी शिक्षा शाखाको अधिकृत दिपक माझीले बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिनका लागि शिक्षामा समाबेशीता सुनिश्चित गर्ने प्रयास अनुरुप कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो।

लैङ्गिक समतामुलक तथा समाबेशी शिक्षाको माध्यमबाट समाबेशी र लैङ्गिकमैत्री समाज विकाशमा योगदान पुर्याउने सोच राख्नुको साथै बालबालिकाको पहुँच, सहभागिता र सिकाइ उपलब्धि सुनिश्चित गर्न सहजिकरण गर्ने लक्ष्य अनुसार अघि बढेको बताउनुभयो। शिक्षाको अवसरबाट बञ्चित भएका, सिकाइलाई निरन्तरता दिन नसकेका अध्ययन पुरा नगरी बिचमा विद्यालय छाडेका विद्यार्थीहरुको संख्या उच्च हुने गरेकाेले त्यस्ता समस्या समाधानका लागि नितिगत र संरचनागत प्रवन्ध लाई प्रभावकारी र नतिजामूलक बनाउने बारे गढवा गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन र क्षमता बिकाश कार्यशाला आयोजना गरेको शाखा अधिकृत माझीले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यशालामा बोल्दै शिक्षा तथा मानव स्रोत विकाश केन्द्र समावेशी शिक्षा शाखाको निर्देशक सबिता दंगालले प्रदेश बालिका तथा समावेशी शिक्षा सञ्जाल र गठन प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो। विक्रम् संवत् २०७६ सालमा शिक्षा तथा मानव स्रोत विकाश केन्द्रमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरेर नेपालका सात वटै प्रदेशमा प्रदेश स्तरीय सञ्जाल गठन भई कार्यान्वयन भैरहेको जानकारी दिनुभयो। स्थानीय तहमा सञ्जाल गठन भई कार्यान्वयनमा रहेको र सबै स्थानीय तहमा सञ्जाल विस्तार गर्ने कार्य भैरहेको बताउनुभयो।

कार्यशालामा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको सिमानाका क्षेत्रका बालबालिकाहरु गुणस्तरीय शिक्षाको पहुँच बाट बन्चित भैरहेको बताउनुभयो। गढवा गाउँपालिकाले आधारभूत शिक्षा प्रदान गरेता पनि त्यस भन्दा माथिल्लो तहको शिक्षाको लागि समस्या भएकोले त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो। मुस्लिम समुदायका किशोरीहरु धार्मिक विद्यालय बाहेकको विध्यालयमा पठनपाठनको समेत समस्या भएको बताउनुभयो। त्यसैगरी बुवा आमा गुमाएका साथै आर्थिक अवस्था एकदमै दयनिय भएको परिवारको बालबालिका पनि रहेकोले त्यस्ता बालबालिकालाई शिक्षामा जोड्ने बारे जानकारी दिनु भयो । गविरी बेरोजगारीका कारण बिचमै बिध्यालय छाड्नेको संख्या धेरै बढेको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले समिति गठनबाट शिक्षाको पहुँच बाट टाढा रहने बालबालिका लाई समेट्न प्रयास गर्ने बताउनु भयो।लैङ्गिक समतामुलक तथा समाबेशी शिक्षाको माध्यमबाट समाबेशी र लैङ्गिकमैत्री समाज विकाशमा योगदानका खातिर लाग्ने बताउनुभयो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी,नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकाश केन्द्र समावेशी शिक्षा शाखाको अधिकृत दिपक माझी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, शिक्षा तथा मानव स्रोत विकाश केन्द्र समावेशी शिक्षा शाखाकी निर्देशक सबिता दंगाल, कार्यपालिका सदस्य रमा भण्डारी , स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, यादव प्रसाद भुषाल,कम्प्युटर अपरेटर मञ्जु खड्का, शिक्षक, संघ संस्थाका प्रतिनिधि, बालबालिका, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।

सम्पन्न कार्यक्रमबाट गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा २५ सदस्यीय गढवा गाउँपालिका स्तरीय शिक्षा तथा मानव स्रोत विकाश केन्द्र बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरेको छ।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID