कलभर्ट भित्र पसेर माछा मार्ने क्रममा गढवामा एक जनाको मृत्यु 

आलोक भावुक

गढवा, १४ पौष। कलभर्ट भित्र छिरेर माछा मार्ने क्रममा गढवामा एक जनाको आइतबार मृत्यु भएको छ।

दाङ गढवा गाउँपालिका वडा नम्बर ६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

आइतबार अपराह्न ४:३० बजेतिर गढवा कालाकाटे सडकखण्डको प्रनाहा नजिक कलभर्ट भित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा ढुब्दा ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घरबाट ११ बजेतिर माछा मार्न भनेर आएको र कलभर्ट आसपास र कलभर्ट भित्र छिरेर पानी फाल्दै माछा मारेको र त्यै पानीमा अनुहार नाक मुख डुबेको अवस्थामा स्थानीयहरुले देखेपछी प्रहरी लाई जानकारी गराएका थिए।

मृतक कुमालको शवलाई अहिले पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID