दाङको गढवामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

गणतन्त्रनेपाल समाचारदाता

गढवा, १० पौष । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर अन्य दुईजना घाइते भएको इलाका प्रहरी गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भएको छ।प्रहरीले जनाएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया बाट गढवा बजार हुदै कोइलावासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ।

दुर्घटनामा परेर राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो।

घाइतेको लमही उपचार पछी थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३ः३० बजे उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित