गढवामा कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण, उत्पादन वृद्धि गर्ने लक्ष्य”

आलोक भावुक

गढवा, ६ पौष। हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङर गढवा गाउँपालिकाको समन्वयमा तथा दाङ सल्यानमा सञ्चालित आई.ए.एल.भि.सी. ( IALVC) परियाेजना अन्तर्गत आज गढवा गाउँपालिकामा भिटा परियोजना द्वारा गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट कृषि प्रदर्शनीका लागि छनौट हुनुभएका कृषकहरुलाई ३० हजार रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ।

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष सोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बिच कृषि सामग्री हस्तान्तरण गरिएको सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिनु भयो।

कृषकहरुलाई टनेल ५ थान, मलचिङ ५ थान, ड्रम १० थान, डोरी १० थान, कोरियन नेट ५ थान, झोलसिल १० थान, पञ्जा १० थान, टंकी ५ थान, भिटामिन ५,कैची ५ थान, फेलीमेन टेप १० थान, ट्रेय २० थान, दुसी नाशक औषधी २.५ किलोग्राम, पहिलो स्टिक २० थान, करेला, लोका, बोडी र काक्रा लगायतका सामग्री बितरण गरिएको हो।

कृषि सामाग्री वितरण कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, IALVC का हिमाल खड्का र उशा चौधरी,गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी कोषाध्यक्ष पदमा पुन मगर, भिटा परियोजनाका सामाजिक सहजकर्ता बाबुराम यादव र जया बिश्वकर्मा, विभिन्न कृषक समूहका महिला उद्यमीहरु लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID