गढवामा नश्ल सुधारका लागि २२ कृषकलाई उन्नत जातको बोका वितरण

आलोक भावुक

गढवा, ४ पौष। दाङ देउखुरीको गढवा गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको बोयर बोका बुधबार बितरण गरेको छ।

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना (भिटा परियोजना) अन्तर्गत बुधबार गढवा गाउँपालिकाका २२ जना बाख्रा पालक कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो।गढवा गाउँपालिकाका बाख्राहरुमा नश्लसुधार कार्यक्रम अन्तर्गत उन्नत जातका बोका बितरण गरिएको बताउदै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकाका बाख्रा पालन व्यवसाय लाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यका साथ खोर सुधारका कार्यक्रम, नश्लसुधारका कार्यक्रम, बाख्राले खाने उन्नत जातका घांसहरुको वितरण, लगायतक बाख्रा पालनका लागि आवश्यक पर्ने बिभिन्न तालिमहरु गढवा गाउँपालिकाबाट निशुल्क रुपमा प्रदान गर्दै पशु र कृषिमा आधारित कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि अघि बढेको बताउनुभयो। भिटा परियोजना मार्फत कृषि तथा पशु पालनको क्षेत्रमा गरिएको लगानी प्रभावकारी भएको र नतिजा देखिन थालेको बताउनुभयो। पहिलेको तुलनामा बढी संख्यामा र स्वास्थ खसीबोका बाख्रा उत्पादन भैरहेको बताउनुभयो।

गढवा गाउँपालिकाले २२ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि बोयर बोका वितरण गरिएको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो। २२ जना कृषकहरुलाई चिठ्ठा तान्नै पठाएर परेको नम्बर अनुसारको बोका बितरण गरिएको संयोजक शर्माले बताउनुभयो। कृषकलाई बितरण गरिएको बोकाहरुको बिमा समेत गरिएको छ।

भिटा परियोजन मार्फत खरिद गरी ल्याइएका उन्नत जातका बोका गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीले बुधबार वितरण गर्नुभएको हो । गाउँपालिकामा रहेका स्थानीय जातका बाख्राहरुमा नश्नल सुधार गरि उन्नत नश्लका बाख्रा उत्पादन गर्न बोका वितरण गरिएको गाउँपालिकाले गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो ।

बोका वितरण कार्यक्रममा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत द्वय अन्नतराज रेग्मी र खेम बहादुर चौधरी, भिटा परियोजनाका उद्यम विकास सहजकर्ता, गढवा गाउँपालिकाका ८ वटै वडाका बिभिन्न समूहका कृषक लगायतको सहभागिता रहेको थियो।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको सहजिकरणमा गढवाका २२ जना कृषकहरुलाई कृषि सामाग्री तथा बिउ बोका बितरण गरिएको छ गरिएको गढवा गाउँपालिकाले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID