
गढवा, २३ मंसिर । दाङ देउखुरी ‘गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ गढवाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन आज शनिबार गढवामा सम्पन्न भएको छ।
सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले अध्यक्षता तथा संघिय सांसद नारायणी शर्मा प्रतिक्षाको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजना द्वारा गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले बचत तथा ऋण भन्दा उत्पादन, बजारिकारण, महिला शसक्तिकरण आत्मनिर्भरका लागि व्यवसायीक रुपमा कृषि तथा पशु विकासमा आधारित रहेर उत्साहजनक कार्य गर्दै आएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।
सम्पन्न सहकारीको प्रथम अधिवेशनमा ऐतिहासिक सहभागिता रहेको थियो। गढवामा सहकारीको अधिवेशनमा यत्तिको भिड आज सम्म जम्मा नभएको तर गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था प्रतिको विश्वास र कार्यले शेयर सदस्य, उद्यमी महिलाहरुमा उत्साहले सहकारी प्रतिको बिस्वासले आफु हर्षित भएको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले बताउनुभयो।
उद्यमी भै आत्मनिर्भर बनौँ भन्ने मुलनाराका साथ स्थापित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाले प्रथम वार्षिक साधारण सभा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनमा १ हजार १ सय ४ सदस्य रहेको सहकारीको कोषाध्यक्ष पद्मा पुनले ५१ लाख ७८ हजार पांच सय ५२ रुपैया बराबरको आय ब्यय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा गढवा गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी, ५ का अध्यक्ष लेख बहादुर थापा, कार्यापालिका सदस्य चन्द्रा केसी, गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, गढवा उद्योग बाणिज्य संघका प्रतिनिधि तथा रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुखहरण यादव, विभिन्न उध्दमी समुहका पदाधिकारी, ८ वटै वडामा गठित उद्यमी महिला समूहका महिलाहरु लगायतकाको सहभागिता रहेको थियो ।
सहकारीको सदस्य माया समालको स्वागत मनत्व्य बाट शुरु भएको कार्यक्रमको सन्चालन भिटा परियोजनाको सामाजिक परिचालक कैलाश चौधरीले गर्नु भएको थियो ।
