नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा ३ नं. वडाको अधिबेशन सम्पन्न

आलोक भावुक

गढवा, २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ३ को वडाधिबेसन शुक्रबार सम्पन्न भएको छ ।

३ नम्बर वडा कमिटिका अध्यक्ष आशाराम चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका इन्चार्ज तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको प्रमुख आतिथ्यमा वडा अधिबेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिबेशनले ३ नम्वर वडाका अध्यक्ष आशा राम चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटि चयन गरेको छ । जस्को अध्यक्षतामा आशाराम चौधरी, उपाध्यक्षमा नमि कुमाल, सचिवमा हरि नारायण चौधरी, सह सचिवमा तुलाराम कामी, कोषाध्यक्षमा रामलाल राना सहित २१ सदस्यीय ३ नम्बर वडा कमिटि गठन गरिएको बताईएको छ।

सम्पन्न ३ नम्बर वडा अधिबेशनमा बोल्दै प्रमुख अतिथि तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीले वडा अधिबेशनले पार्टीमा नयाँ उभार पैदा भएको बताउनुभयो । जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताउदै माओेवादी नेतृत्वकोे सरकारले लोेडसेडिङ हटाउने, भ्रष्ट्रचार नियन्त्रण गर्ने जस्ता जनमुखि काम गरेको उल्लेख गर्दै देश निर्माण गर्ने एक मात्र पार्टी माओवादी भएकोे दाबी गर्नु भयो । संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै प्रमुख अतिथि अधिकारीले माओवादी पार्टी जनताको पार्टी भएकाले जनताको हरेक सुख दुखमा साथ दिन आग्रह समेत गर्नु भयो ।

साथै सम्पन्न वडा अधिबेशनबाट १८ सदस्य लाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको गढवा गाउँपालिका कमिटी सम्मेलनमा प्रतिनिधि पठाउने निर्णय समेत गरेको जनाएको छ।

वडा नम्बर ३ को वडा अधिबेशनमा निर्वाचित वडा सदस्य चन्द्रा केसी, बिमल कुमार चौधरी, प्रमिला नेपाली, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गढवा गाउँपालिका कमिटी सदस्य तिलक राज रावत, चित्र बहादुर रावत, हरि नारायण चौधरी, जिवन गिरी विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि र पदाधिकारी, माओवादी केन्द्रका कार्यकर्ता शुभचिन्तकहरुको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID