नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवाको ६ र ७ वडाको अधिबेशन सम्पन्न

आलोक भावुक

गढवा, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा-७ मानपुरको तेस्रो वडा अधिबेशन बिहिवार गढवा-७ मानपुरमा सम्पन्न भएको छ।

त्यसैगरी वडा नम्बर ६ को वडाधिबेसन महेश कुमार अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

सम्पन्न अधिबेशन ७ नम्वर वडाका अध्यक्ष राम भरोस चौधरीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा लुम्बिनी प्रदेश कमीटि सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथि  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले वडा पार्टीले आफ्नो वडामा विकासका कार्यक्रम गर्दै शिक्षा, स्वास्थ्य, रोजगार, कृषि जस्ता क्षेत्रमा क्रियाशील भएर लाग्ने र स्थानीय सरकारसंग बजेट माग गरेर काम गर्ने गरी काम गर्नु पर्ने बताउनुभयो। समाज बदाल्नका लागि राजनीति गर्नुपर्ने बताउदै सदस्य थारुले त्यसको काम माओवादीबाहेक अन्यले गर्न नसक्ने बताउनुभयो। भ्रष्टाचारीलाई नछाड्ने पार्टीको निति अनुसार केन्द्र देखि गाउटोल सम्म पनि अभियान चलाउदै देशको पैसा चुहावट हुने ठाउ बन्द गर्ने बताउनु भयो। वडा नम्बर ७ मा खानेपानीको समस्या भएको बताउदै खानेपानी गढवा-७ घोराहामा प्रदेश सरकारको लगानीमा निर्माण हुन थालेको बताउनुभयो। तरकारी खेती गर्ने, बाख्रापालक गर्ने जस्ता किसानलाई पार्टीले बिशेष ध्यानमा राखेर काम गरेको बताउनु भयो।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य यमनारायण शर्मा पोख्रेलले निर्वाचनको समयमा पार्टी र कार्यकर्ता चलायमान हुने अन्य समयमा मौन बस्नु ठुलो कमजोरी भएको बताउनुभयो । तेस्रो अधिवेशन बाट चयनहुने कमिटीले जनताको घरघरमा टोलटोलमा पुगेर समस्याको पहिचान र निराकरणका लागि लाग्ने हुनुपर्ने बताउनुभयो । पछिल्लो समयमा देशमा माओवादी केन्द्र प्रतिको आकर्षण बढेको बताउदै पोख्रेल २०८४ मा एक्लै निर्वाचनमा होम्मिएर निर्वाचन जित्ने बताउदै त्यै अनुसार लाग्नु पर्ने र  त्यै अनुसार संगठन बिस्तार गर्नुपर्ने बताउनुभयो। पछिल्लो समयमा अन्य पार्टीको तुलनामा माओवादी केन्द्र प्रभाव उत्साहजनक रहेको भन्दै त्यै अनुरुप संगठन बिस्तार गर्ने बताउनु भयो। माओवादी केन्द्र भ्रष्टचारीहरुलाई नछोड्ने बिकासमुखी भएको भन्दै त्यै अनुसार काम गर्नु पर्ने र प्रचार प्रसार गर्न समेत सुझाव दिनु भयो।
सम्पन्न सम्मेलनले भिम रिजालको अध्यक्षतामा ११ सदस्यीय नयाँ वडा कमिटि चयन गरेको छ। जस्को उपाध्यक्षमा हिमा बिक, सचिवमा ओम प्रकाश चौधरी, कोषाध्यक्षमा धन बहादुर कार्की र अन्य सदस्यहरुमा रहनु भनेको छ।

त्यसैगरी वडा नम्बर ६ मा सम्पन्न सम्मेलनले मोहनलाल रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ वडा कमिटि चयन गरेको छ ।जस्को उपाध्यक्षमा मनिसा कुमाल चौधरी, सचिवमा भरत कुमार पन्त, सह सचिवमा धर्मराज यादव, कोषाध्यक्षमा निम बहादुर केसी सहित अन्य सदस्यहरुमा रहनु भएको छ ।

साथै सम्पन्न वडा सम्मेलनले ७ /७ सदस्य लाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको गढवा गाउँपालिका कमिटी सम्मेलनमा प्रतिनिधि पठाउने निर्णय समेत गरेको जनाएको छ।
वडा नम्बर ६ र ७ वडाको अधिबेशनमा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि र पदाधिकारी, माओवादी केन्द्रका कार्यकर्ता शुभचिन्तकहरुको सहभागिता रहेको थियो।

मा प्रकाशित