गढवा १ मलमलामा महिला हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षण

आलोक भावुक

गढवा, २० मंसिर ।हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ बुधबार गढवा गाउँपालिका वडा नम्बर १ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु हेमन्ती कुमारी कुमाल, डम्बर बहादुर योगी, देवीलाल थारु कुमाल, दिलबसी कुमारी बिक, नेपाली काँग्रेसका प्रतिनिधि दिपेन्द्र देव श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधि लक्ष्मी गौतम, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका दोर्ण लाल भट्टराई, वडा सचिव मधुसुदन पौडेल, वडा शिक्षा समिति सदस्य शुव बहादुर कुमाल, जनता माध्यमिक विद्यालय कालाकाटेकी अम्बिका गिरी र सञ्जु थापा, आदर्श प्रवि बडहराकी प्रधानाध्यापक हिरा यादव, आधारभूत विद्यालय बनबारीका संगिता गिरी, प्रतिष्ठा एकेडमीका हिरा रोका, जनमुखी मावि रङसिङ्गका पार्वता अधिकारी लगायतको सहभागिता रहेको थियो।

लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रममा बोल्दै १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले लैङ्गिक हिंसा मात्र नभएर सबै प्रकारको हिंसाको अन्त्य नभए सम्म सुन्दर र सभ्य समाजको कल्पना गर्न नसकिने बताउनुभयो। लैङ्गिक हिंसा बिरुद्धको अभियान संगै सबैले हाम्रो आनाबानी, चालचलन व्यवहार सुधार गर्न आवश्यक रहेको बताउदै वडाध्यक्ष अधिकारीले हिंसाजन्य गतिविधि लाई समाजमा उजागर गर्दै समाधानका लागि अघि बढ्नु पर्ने बताउनुभयो । लैङ्गिक हिंसा बिरुद्धको अभियान शहरमुखी मात्र नभई गाउटैलका बिकट बस्ती बस्तीमा सञ्चालन गर्नु पर्ने बताउनुभयो ।अझै पनि बिकृति, बिसङ्गति, कुरीती, अन्धविश्वास जस्ता संस्कार र परम्पराले जड गाडेको छ त्यसठाउमा लैङ्गिक हिंसाका घटनाहरु दैनिक हुने गरेकाे त्यसतर्फ बिशेष जोडिन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा लैङ्गिक हिंसा परिभाषा, हिंसाका प्रकार, हिंसा हुने सक्ने सम्भावित परिस्थिति, बचाव र कानुनी प्रावधान वारे जानकारी गराईएको थियो। कार्यक्रममा सहभागीहरुले लैङ्गिक हिंसा, लैङ्गिक हिंसाको बारेमा जानकारी पाउदा खुसी भएको बताएका थिए।

लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रमको प्रशिक्षकमा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र अस्थायी प्रहरी पोस्ट कालाकाटे असइ श्रीधर खनाल रहनु भएको थियो ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आठवटै वडामा लैङ्गिक हिंसा बिरुद्धको अभियान सञ्चालन भैरहेको छ।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उहाहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर–२५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID