गढवा ४ र ५ वडामा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षण

आलोक भावुक

गढवा, १९ मंसिर ।हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ र वडा ५ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रममा बोल्दै ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरीले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको बताउनुभयो। नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले लैंगिक हिंसाले समाजमा पारेको प्रभावका बारेमा धारणा राख्नु भएको थियो। समाजमा महिला र किशोरीहरु लैङ्गिक हिंसाको पहिलो निसानामा पर्ने समूह भएकाले महिला शसक्तिकरणमा जोड दिदै लैङ्गिक हिंसाको जडका रुपमा रहेका हाम्रा कतिपय सामाजिक मूल्य मान्यता र लैङ्गिक असमानताहरुले महिला तथा किशोरीहरुमाथि हुने भेदभाव र हिंसालाई समाजले सहज रुपमा स्वीकार गर्ने गरेको बताउदै हिंसा बिरुद्धको आवाज बुलन्द सबैको साझा कर्तव्य भएको बताउनुभयो।

४ नम्बर वडा अध्यक्ष हरिभगत चौधरी तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

वडा नम्बर ४ का वडा सदस्य टुकमान कुँवर, कौशिल्यादेवी बिश्वकर्मा, दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा गढवा-४ प्रसेनीका सहायक प्रधानाध्यापक लाल बहादुर भण्डारी, ज्ञानु ज्ञवालीले लगायत ४५ भन्दा बढीको सहभागिता रहेको थियो त्यसैगरी वडा नम्बर ५ मा वडासदस्य निर्मला परियार, पल्टुराम यादव, लगायतक १ सय भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा लैङ्गिक हिंसा परिभाषा, हिंसाका प्रकार, हिंसा हुने सक्ने सम्भावित परिस्थिति, बचाव र कानुनी प्रावधान वारे जानकारी गराईएको थियो। कार्यक्रममा सहभागीहरुले महिला हिंसा, लैङ्गिक हिंसाको बारेमा जानकारी पाउदा खुसी भएको बताएका थिए।

लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रमको प्रशिक्षकमा रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव रहनु भएको थियो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आठवटै वडामा लैङ्गिक हिंसा बिरुद्धको अभियान सञ्चालन भैरहेको छ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उहाहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर–२५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID