बुद्ध ज्योति मावि गढवाको ३०औं वार्षिकोत्सव समारोह सम्पन्न

आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३०औं वार्षिकोत्सव समारोह सोमबार गढवामा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा संघिय सांसद तथा पुर्व शहरी बिकाश मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्य तथा प्यापसन दाङका उपाध्यक्ष बिजयमान जिएम, संस्थापक प्रिन्सीपल नवराज देवकाेटा र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पाण्डेको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि तथा संघिय सांसद मेटमणी चौधरीले नैतिक तथा व्यवहारीक शिक्षामा केन्द्रित हुनुपर्ने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक थानेश्वर न्योपानेले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति प्रतिवेदनबाट आफु असाध्यै खुसी भएको बताउदै गढवा गाउँपालिकामा शिक्षाको क्षेत्रमा बुद्ध ज्योति माविले गरेको योगदान उत्कृष्ट भएको बताउनुभयो। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी पाइलट देखी लिएर डाक्टर इन्जिनियर अधिकृत लगायतका अन्य क्षेत्रमा नाम निकाल्न सफल हुनु सामान्य कुरा नभएको बताउनु भयो। त्रिकोणात्म प्रयासबिना विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने भन्दै सांसद चौधरीले विध्यार्थी, शिक्षक र अभिभावकले साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बोल्ने बक्ताहरुले वर्ममान शिक्षा प्रणालीमा सुधार नगरे भयावहको अवस्था सिर्जना हुने भन्दै जिवन उपयोगी शिक्षा दिन सके मात्र शिक्षामा सोचेजस्तो परिवर्तन हुन सक्ने बताएका थिए ।

बिद्यालयको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका प्रिन्सीपल थानेश्वर न्योपानेले शिक्षण पेशि विद्यार्थीको भविष्य निर्माण गर्ने समग्र समाजको भविष्य निर्माणमा टेवा पुर्‍याउने पेशा भएको कुरालाई मनन् गर्दै सुस्वास्थ्य यस विद्यालयमा अध्ययन गर्ने अनाथ, द्वन्द्वपिडित, दलित, मधेसी, मुस्लिम, जनजाति, अति गरिव, जेहेन्दार विद्यार्थी लाई बिशेष छात्रवृत्ति तथा निशुल्क पठनपाठनको व्यवस्थापन गरेको बताउनु भयो । अनाथ तथा द्वन्द्वपिडित एक एक जना पुर्ण निशुल्क हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म् आंशिक निशुल्क ७१ जना र शैक्षिक – जेहेन्दार तर्फ १ सय १२ जनालाई निशुल्क छात्रवृत्ति प्रदान गरेको बताउनु भयो। साथै विद्यालयले शैक्षिक क्यालेन्डर निर्माण गरी सोही अनुरुप बार्षिक शैक्षिक कार्यक्रम गर्दै आएको प्रतिबेदनमा प्रस्तुत गर्नु भयो । बिक्रम सम्बत् २०५१ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार १ सय २१ विद्यार्थी, ६० शिक्षक कर्मचारी र ५२ कक्षाकोठा सहित गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा सञ्चालनमा रहेको छ। विगत २०६२सालदेखी २०७२ साल सम्म्को एस एल सीमा २५ जना बिशिस्ट श्रेणी, १सय ५४ जना प्रथम श्रेणी र १ सय ५ जना द्धितिय श्रेणी र २०७३ यति एसईईमा ५७ जना ए प्लस, १सय १९ जना ए, १ सय २५ जना बि प्लस, ८१ जना बि, ३८ जना सि प्लस, ३८ जना सि प्लस र २३ जना सि सहित नतिजा प्राप्त गरेको प्रतिबेदनमा प्रस्तुत गर्नुभएको थियो। साथै शैक्षिक शत्र २०७९ मा एसईईमा बुद्ध ज्योति मावि देउखुरी प्रथम, सहित निष्मा यादव र उपासना आले उपत्यका प्रथम, २०८०मा विषेक यादव उपत्यका प्रथम भएका थिए। साथै +२ मा ०८०मा छात्र पुर्ण बिषालु ३.६३ जिपिए सहित गढवा गाउँपालिका प्रथम हुन सफल भएको प्रतिबेदनमा प्रस्तुत गर्नु भयो ।

वार्षिक उत्सव समारोहमा संस्थापक प्रिन्सीपल नवराज देवकाेटा, प्याप्सन दाङका उपाध्यक्ष बिजयमान जिएम, प्याप्सन लमहीका सदस्य गोबिन्द खनाल, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल प्रिन्सिपल बिकाश रजौरे, अभिभावक सञ्जय आले, विद्यार्थीका तर्फबाट उत्सव आले र मनिशा थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वार्षिक उत्सवको अवसरमा दीर्घ सेवा कदर पत्र द्वारा संस्थापक प्रिन्सीपल नवराज देवकाेटा र पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पाण्डे लाई सम्मान समेत गरिएको थियो। २०८० मा कक्षा १२ मा देउखुरी प्रथम हुने पुर्ण विटालु र कक्षा १० को एसईईमा ३.७९ जिपिए ल्याउने विषेक यादवलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बर्षभरीको पठन–पाठन र अतिरीक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो। साथै अनुशासन, सरसफाइ,पोशाक, गरिव तथा जेहेन्दार छात्रछात्रा लाई पुरस्कार वितरण गरिएको थियो

विद्यालयका खेल शिक्षक शिव कुमार चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका मञ्जु पौडेल र शिक्षक रोशन धितालले गर्नु भएको थियो ।

मा प्रकाशित