हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी गढवाको मानपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, १७ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालका दाङको उप सभापति रेशम बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, नेपाल नेत्र ज्योती संघ , लमही आँखा अस्पताल लमही रातोडाडा दाङका प्रशासन सहायक टेक बहादुर चौधरी, वाह्यय कार्यक्रम संयोजक  बिमल घिमिरे लगाएतकाले दिनु भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु रेखा थापा, महेन्द्र प्रसाद चौधरी र मायाराम चौधरी र स्थानीयहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID