अभियान बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा सम्पन्न

आलोक भावुक

गढवा, १५ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा ३ को सातौ वार्षिक साधारणसभा सभा सनिवार गढवा-३ गोबरडिहामा सम्पन्न भएको छ ।

अभियान बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कुलराज कुमालको अध्यक्षता तथा लुम्बिनि प्रदेश सभाका सदस्य तथा पुर्ब मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यता तथा गढवा गाउपालिकाका पुर्व अध्यक्ष सहजराम यादव र सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको बिशिस्ट आथित्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनि प्रदेशका सांसद इन्द्राजित थारुले सहकारी संस्थाले उत्पादन मूलक ठाउँमा पुँजी लगानी गर्नु पर्ने बताउनुभयो। उत्पादन मुलक क्षेत्रमा लगानी गरे लगानी पनि नडुब्ने र आय आर्जनमा टेवा पुग्ने बताउनुभयो। गढवा गाउँपालिकाले निर्माण गर्न थालेको शित भण्डार जस्ता ठाउँमा शेयर लगानी गरेर काम गर्दा दोहोरो फाईदा हुने र लगानी समेत नडुब्ने बताउनुभयो। ऋणिहरुले उत्पादन र व्यवसायका लागि ऋण लिएर लगानी गरे मात्र उपलब्धि मुलक हुने र सहकारी क्षेत्रको विकास हुने सभा सदस्य थारुले बताउनुभयो।

कार्यक्रममा सहकारीका अध्यक्ष कुलराज कुमालले संस्थाको प्रगत्ति प्रतिबेदन,आगामि वर्षको योजना र संस्थाको चुनौति सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आन्तरिक लेखा परीक्षण समितिका संयोजक दिपक कुमार यादवले आन्तरिक लेखा परिक्षण प्रतिबेदन र ब्यबस्थापक अरुण कुमार चौधरीले २० करोड ४३ लाख ६ हजार ३० रुपैया बराबरको आय ब्यय प्रतिबेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा गढवा गाउपालिकाका रोजगार तथा सहकारी शाखाका संयोजक अशोक कुमार यादव,गढवा गाउपालिकाका निबर्तमान अध्यक्ष सहजराम यादव साना किसान तथा कृषि सहकारी संस्थाका अध्यक्ष राम दास यादव,संस्थापक अध्यक्ष पदम प्रसाद शर्मा,नागरिक समाज गढवाको संयोजक खगेश्वर शर्मा,रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, गढवा गाउपालिकाका प्रेस संयोजक आलोक भावुक, सहकारीकर्मी सुशिला चौधरी,गोबर्डिहा प्रहरी इन्चार्ज नेत्र बहादुर कार्की , लगायतले सहकारीको दिगो ब्यबस्थापन र सफलताको शुभकामना दिनु भएको थियो ।

अभियान सहकारीका उपाध्यक्ष देव किशोर चौधरी स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण सहकारीका भगवति चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID