गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा सम्पन्न

आलोक भावुक

गढवा, १५ मंसिर । दाङ देउखुरीको गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ५ र ६ का वडाध्यक्षहरु लेख बहादुर थापा र बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले व्यवसायीहरुको हक, हितको रक्षाका साथै गढवा गाउँपालिकामा रहेका समस्या समाधानमा गाउँपालिका सधै सकरात्मक रहेको बताउनुभयो। गढवा होटल ब्यवसायी संघले फुड फेस्टिभल, व्यवसायलाई प्रवर्धन गर्ने गर्ने योजना लिएर आए सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष पोख्रेलले होटल व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका १५ वटा वडाहरुमा होटल ब्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको हक, हित अधिकार न्याय र स्वतन्त्रताका लागि गढवा होटल ब्यवसायी संघको बिक्रम सम्बत २०७२ सालमा स्थापना भएता पनि २०७४ साल माघ १२ गते दयाराम थापाको नेतृत्वमा गठित समितिले जिल्ला प्रशासन कार्यालय दाङम् बैधानिक्ता पाई बिधिवतरुपमा दर्ता भनेको हो।

सातौं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघका कोषाध्यक्ष दुखराम चौधरीले २०८१ असार मसान्तसम्म १ लाख ८३ हजार २ सय ९० रुपैयाँ आम्दानी र १ लाख ८८ हजार ८ सय ४७ रुपैयाँ खर्च भएको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।साथै हाल ६ हजार २ सय ६४ रुपैयाँ बैंक खातामा मौज्दात रहेको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सातौ वार्षिक साधारण सभामा लमही होटल ब्यबसायि संघका नारायण भुसाल,गढवा उद्योग बाणिज्य संघका बाणिज्य संघकी उपाध्यक्ष मधा न्यौपाने,गढवा उद्योग बाणिज्य संघका संस्थापक युवराज पोख्रेल,चेतनशिल महिला समाजकी अध्यक्ष शकुन्तला डिसि,गढवा पञ्चैबाजा तथा संस्कृति संरक्षण केन्द्रका कोषाध्यक्ष रेशम बहादुर शाह, गढवा होटल व्यवसायी संघका संस्थापक अध्यक्ष दयाराम थापा, इलाका प्रहरी कार्यालय गढवाका फैजल खान,गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष लिलाधर आचार्य लगायतको सहभागिता रहेको थियो ।

गढवा होटेल व्यवसायी संघका सचिव टोपलाल सुबेदिको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण संघका महा सचिव तिलक पुनले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID