नेकपा माओवादी केन्द्र गढवा ४ गंगाप्रसपुरको वडा सम्मेलनको लागि तयारी बैठक सम्पन्न 

आलोक भावुक

गढवा, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिका वडा नम्बर ४ वडामा सम्मेलनको लागि तयारी बैठक आज सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र गढवा – ४ वडा कमिटिका अध्यक्ष अतिउल्ला मनिहारको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्माको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा वडा सम्मेलनको लागि तयारी बैठक सम्पन्न भएको छ।

४ नम्बर वडा सम्मेलनको तयारी बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य दामा शर्माले ४ नम्बर वडा कमिटिमा बाहिर हल्ला भए जस्तो मतभेद नभएको बन्दै खुसि ब्यक्त गर्नु भयो ।४ नम्बर वडामा भए गएका कामको प्रचपरसार र हुन बाकी कामहरुको वडा र गाउँपालिकाबाट सम्पन्न गर्ने गरी काम गर्न र कार्यकर्ता शुभचिन्तकलाई ध्यानाकर्षण गराइराख्न अनुरोध गर्नु भयो ।बडकापथ, खानेपानी समस्या, मुक्त कमैया र भुमिहिनको बस्ती संरक्षण साथै गढवा कालाकाटे हुलाकी सडक निर्माण लगायतका समस्या ठुलो समस्या भएको बताउदै त्यसलाई समाधानका खातिर चोतर्फी रुपमा प्रयास भैरहेको र छिट्टै समाधान हुने बताउनु भयो। खानेपानी जस्ता अत्यावस्यक सुविधा यथासिघ्र व्यवस्थापन गर्न वडा र गाउँपालिकाकालाई अनुरोध समेत गर्नु भयो। साथै बडकापथ सिचाई योजना निर्माणका क्रममा बस्ती बिस्थापित हुने ठाउँमा पहिले समाधान हुन्छ भन्ने खोजेर मात्र कार्य अघि बढाउनका लागि समन्वय गर्नुपर्ने बताउनुभयो।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य यमनारायण शर्मा पोख्रेलले स्थानीय सरकारबाट भए गरेका कामहरुको प्रचार प्रसारमा पार्टीले अहम भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो। भिटा परियोजनाले ग्रामीण क्षेत्रका महिलाहरु शसक्तिकरण र आत्मनिर्भर बन्नका लागि उत्पादनमा केन्द्रीत भएको भएपनि त्यसलाई गाउं गाउ सम्म सहजीकरण गरी जानकारी दिनु पर्ने बताउनुभयो। करार खेतीमा भुमिहिन, मुक्त कमैया जस्ता बर्गले बिशेष लाभ लिनु पर्ने त्यसका लागि पार्टीबाट गाउस्तर सम्म जानकारी गराउनु पर्ने बताउनुभयो ।

सम्पन्न बैठकले निर्वाचन समिति गठन र अधिवेशन सम्बन्धमा ठाउँ र मिति तोक्ने बारे छलफल भएको नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेले जानकारी दिनुभयो । मंसिर २५ गते गाउँपालिका सम्मेलनको लागि माओवादी केन्द्रले गढवा गाउँपालिकाको आठ वटै वडामा वडा सम्मेलनको तयारी बैठक सुरु गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो। तयारी बैठक सम्पन्न गरेपछी सबै वडामा वडा अधिबेशन गर्ने र वडा अधिबेशन सकेर मंसिर २५ गते ठुलो संख्यामा गढवामा पालिका सम्मेलन गर्ने तयारी थालेको माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेले जानकारी दिनुभयो।

बैठकमा हरी प्रसाद यादव, हरिभगत चौधरी,लगायतकाले बोल्नु भएको थियो । बैठकमा पार्टीका गाउँ कमिटीका पदाधिकारी ,जनवर्गीय संगठनका प्रतिनिधि ,गाउँ पार्टी सदस्यहरुकाे सहभागीता रहेको थियो । बैठकको सहजिकरण जिल्ला समन्वय समिति दाङका सदस्य ठाकुर प्रसाद चौधरी अमरले गर्नु भएको थियो।

मा प्रकाशित