गढवामा राप्ती प्राविधिक शिक्षालयद्वारा १३६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

आलोक भावुक

गढवा, १३ मंसिर ।राप्ती प्राविधिक शिक्षालय गढवा-३ ले बिहीबार गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।

राप्ती प्राविधिक शिक्षालय डिप्लोमा इन फार्मेसी कार्यक्रमको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा वडा नम्बर ४ का कुल १ सय ३६ जनाले सेवा लिएका छन्। जसमध्ये १ सय ३६ जनाको प्रेसर चेकजाँच गरिएको छ भने १ सय २० जनाको सुगर जांच गरिएको छ। ९५ जना लाई औषधी वितरण गरिएको राप्ती प्राविधिक शिक्षालय गढवा-३ का शिक्षालय प्रमुख शालिकराम डांगीले जानकारी दिनुभयो।

स्थानीयको स्वास्थ्य चेकजाँच गरी स्वास्थ्य सेवामा सहयोग पुग्ने प्रमुख डांगीले बताउनुभयो। सबैको अवस्था अस्पताल पुगेर स्वास्थ्य चेकजाँच गर्ने समय नहुने र एक्कासी सुगर प्रेसर बढेर स्वास्थ्यमा झन समस्या हुने गरेको हुनाले त्यसलाई न्युनिकरण गर्न र विद्यार्थीहरुको शिक्षण सिकाईमा थप टेवा पुग्ने उद्देश्यले एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको राप्ती प्राविधिक शिक्षालयका फार्मेसी प्रशिक्षक बिष्णु अधिकारीले बताउनुभयो।

निशुल्क स्वास्थ्य शिविरबाट जाडो मौसममा आईपर्ने समस्या र देखापर्ने रुघाखोकी ज्योरो सुगर प्रेसर लगायतका २२ प्रकारको औषधी निशुल्क वितरण गरिएको राप्ती प्राविधिक शिक्षालयकी स्वास्थ्य प्रशिक्षक भावना रेग्मीले जानकारी दिनुभयो।

स्वास्थ्य शिविरमा राप्ती प्राविधिक शिक्षालयका लेखापाल नारायण भण्डारी, राप्ती प्राविधिक शिक्षालय डिप्लोमा इन फार्मेसी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो।

शिक्षालयले यस भन्दा पहिले गढवा गाउँपालिका वडा नम्बर ३ सुपैलामा निशुल्क एकदिने स्वास्थ्य शिविर सञ्चालन गरी ५९ जनाको स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधी वितरण गरि सकेको छ भने शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा स्वास्थ्य शिविर सञ्चालन गरिने शिक्षालय प्रमुख शालिकराम डांगीले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID