गढवा ५ बाँकीमा ८६ जनाको आँखा जाँच, १६ जनामा मोतिबिन्दुको पहिचान

आलोक भावुक

गढवा, ९ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा १६ जना मोतिबिन्दुका बिरामी पत्ता लागेको लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिनुभयो।

शिविरमा ३६ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ। लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाका अनुसार शिविरमा ५३ महिला र ३३ पुरुषको आँखा जाँच गरिएको थियो।

लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ। साथै, अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिनुभयो।

PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट, औषधी, र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने नेत्र सहायक सत्गैयाले जानकारी दिनुभयो।

निशुल्क आँखा चेकजाँच शिविर सञ्चालनबाट वडाका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID