गढवा, ४ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा ३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको आज शिलान्यास भएको छ।
३३/११ केभी क्षमताको सवस्टेशनको गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरी र लमही विद्युत वितरण केन्द्रका प्रमुख युवराज रावतले संयुक्त रुपमा ३३/११ के भि लाइनको सवस्टेसनको शिलान्यास गर्नु भएको हो ।
शिलान्यास गर्दै गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताउनुभयो ।
सवस्टेशन निर्माणपश्चात गढवा र राजपुर गाउँपालिकाका नागरिकलाई ठूलो राहत मिल्ने चौधरीले बताउनुभयो।
नेपाल सरकार पुर्ण बिद्युतिकरण योजना अन्तर्गत नेपाल डिस्ट्रिब्युसन सिस्टम अपग्रेट एण्ड स्पानसन प्रोजेक्ट AIIB W1 अन्तर्गत निर्माण हुन लागेको प्रशासन लेखा कोडिनेटर पोसन राज शर्माले जानकारी दिनुभयो।
सवस्टेशन निर्माणको जिम्मा जेके इलेक्ट्रिक ड्यास पर्सा टुन्डी ज्वाईनभेन्चरले पाएको छ। २ वर्षको समयवधीमा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ।
सवस्टेशन शिलान्यास कार्यक्रम गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ७ नम्बर वडा अध्यक्ष राहुलदेव चौधरी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीका प्रमुख युवराज रावत,प्रशासन लेखा कोडिनेटर पोशन राज शर्मा, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीका मिन्तीराम यादव अन्य कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।