गढवाको गोबरडिहामा निशुल्क आँखा शिविर: ४४ मोतिबिन्दुका बिरामी पहिचान, विपन्नका लागि निशुल्क शल्यक्रिया

आलोक भावुक

गढवा, १ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा–३ गोबरडियामा आयोजित निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा ३ सय ९ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ४४ जना मोतिबिन्दुका बिरामी पत्ता लागेका छन्।

शिविरमा १ सय ५२ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ। एकीकृत आँखा उपचार केन्द्र, गढवा–३ गोबरडियाकी प्रमुख शीतल कुमारी चौधरीका अनुसार, शिविरमा १ सय ८८ महिला र १ सय २१ पुरुषको आँखा जाँच गरिएको थियो।

मोतिबिन्दुको शल्यक्रिया:
लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ। साथै, अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।

PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट, औषधी, र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने प्रमुख चौधरीले बताउनुभयो।

यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मा प्रकाशित