
गढवा, ३० कात्तिक। इलाका प्रहरी कार्यालय गढवामा आज शुक्रबार देखी निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ।
इलाका प्रहरी कार्यालय गढवामा कार्यरत महिला प्रहरी कर्मचारीहरू तथा कार्यालयमा आउने महिला सेवाग्राहीलाई महिनावारी भएका बखत तत्काल प्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड व्यवस्था गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।
महिला प्रहरी तथा सेवाग्राही किशोरी र महिलाहरु कार्यालयमा आउँदा महिनावारी भएको समयमा समस्या हुने गरेको र त्यही समस्या समाधान र सहजताको लागि निशुल्क सेनेटरी प्याडको ब्यवस्थापन गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
आजबाट इलाका प्रहरी कार्यालय गढवामा महिनावारी भएका किशोरी तथा महिलाहरुले आवश्यकता अनुसार सेनेटरी प्याडलक प्रयोग गर्न सकिने छन्।


Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




