गढवा, २७ कात्तिक। क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा – ४ पर्सेनीमा स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा शौचालय सहितको ६ कोठे बिद्यालय भवनको आज बुधवार शिलान्यास भएको छ ।
गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीले भवनको शिलान्यास गर्नु भएको हो । शिलान्यास पछी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीले सिपि नेपालले गढवा गाउँपालिका संग सहकार्य गरेर दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा शौचालय सहितको ६ कोठे बिद्यालय भवन निर्माणको शिलान्यास गर्न पाउँदा आफु अत्यन्त खुसी भएको बताउनुभयो। सिपि नेपालले गढवा गाउँपालिकामा शिक्षा क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो। संस्थाले शिक्षा र असहाय बालबालिकाहरुको क्षेत्रमा धेरै पुण्यको काम गरेको बताउदै गढवा गाउँपालिकासंग साझेदारी गरेर सबै भन्दा धेरै र नमुना कार्यहरु गरेको भन्दै धन्यवाद समेत दिनु भयो। २०४५ सालमा स्थापना भएको दिपेन्द्र होमजुन विद्यालयको भौतिक पूर्वाधार तर्फ केही कठिनाइ रहेको र त्यसलाई समाधानका लागि सिपि नेपालले भवन निर्माणको कार्य उत्कृष्ट कार्य भएको बताउनुभयो।
शिलान्यास कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरीले भौतिक पूर्वाधार तर्फ प्राप्त संरचना निर्माण हुदाँ पठनपाठनमा हसहज हुने बताउनु भयो ।
त्यसैगरी शिलान्यास कार्यक्रममा बोल्दै दिपेन्द्र होमजुन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम यादवले सबैको साझा प्रयास बाट आज ठुलो लागतमा एकदमै आवश्यक कार्यको शिलान्यास गर्न पाउदा आफु अत्यन्त खुसी महसुस गरेको बताउनु भयो।
गढवा ४ प्रसेनीमा रहेको दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने क्रियटिङ पोसिबिलिटिज नेपालका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिनुभयो। गढवा गाउँपालिका संग सहकार्य गरेर गाउँपालिकाको छनौटमा दिपेन्द्र होमजुनमा विद्यालय भवन निर्माणको कार्य शुभारम्भ गरेको अधिकृत शर्माले बताउनुभयो।
गढवा गाउँपालिका भरीका सबै भन्दा नाजुक भौतिक संरचना दिपेन्द्र होमजुनमा भएको र यस बिद्यालयमा सबैभन्दा बढी श्रमिकको बालबालिका पठनपाठन गर्ने भएको र एउटै कक्षामा धेरै बिद्यार्थी राखेर पठनपाठन गर्ने समस्याको पहिचान गरेर बाल बिकासको लागि भवन निर्माण गली बाल बिकासको स्थापना गर्ने गरी कार्यक्रम अघि बढाएको
क्रियटिङ पोसिबिलिटिज नेपालकी महिला शसक्तिकरण कार्यक्रम संयोजक सरिता चौधरीले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी र गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा सिपि नेपालका अप्रेसन ईन्चार्ज श्याम चौधरी, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष चित्र प्रसाद पोख्रेल, हेमराज शर्मा, शिक्षक शिक्षिका, लगायतकको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण दिपेन्द्र होमजुन माध्यमिक विद्यालयका शिक्षक हरि प्रसाद यादवले गर्नु भएको थियो।