दाङको गढवामा पहिलो पटक सरकारी मूल्यमा धान खरिद सुरु

आलोक भावुक

गढवा, २३ कात्तिक। नेपाल नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङले पहिलो पटक दाङको गढवा गाउँपालिकाबाट कृषि उपज खरिद कार्य सुरु गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिका खरिद केन्द्रबाट १८ हजार क्युनटल धान खरिद गर्ने सहमति भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

कृषकहरुले उचित मुल्यमा कृषि उपज बिक्री गर्न सक्नु भन्ने उद्देश्यले गढवा गाउँपालिका नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग सम्झौता गरी नेपाल सरकारले तोकेको दररेटमा गाउँपालिकाबाटै धान बिक्री गर्न थालेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

सरकारी दररेट ३ हजार ४ सय १० रूपैयाँ ५१ पैसा प्रति क्युनटलका दरले मोटा धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो। एक जना किसानबाट अधिकतम ४० क्युनटल सम्म खरिद गर्न सकिने प्रमुख सुनारले बताउनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID