गढवा सुधार केन्द्रद्वारा सकरात्मक सोंच निर्माणका लागि सचेतनामूलक देउसी भैलो कार्यक्रम

आलोक भावुक

गढवा, १९ कात्तिक। गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार केन्द्र) गढवा – ३ धेरेनी द्वारा देउसी भैलो कार्यक्रम सुरु भएको छ।
सकरात्मक दृष्टिकोण निर्माणका लागि नारकोटिक फाउण्डेशन नेपालले देउसी भैलो कार्यक्रम सुरु गरेको जनाएको छ।

देउसी भैलो कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको समेत सहभागिता रहेको छ। लागुऔषधमा फसेकाहरुको सकरात्मक सोचं निर्माण संगै लागुऔषध, कुलतमा फंसेकाहरुलाई सचेतनामूलक सन्देश दिने उद्देश्यले देउसी भैलो कार्यक्रम सुरु गरेको आयोजकले जनाएको छ।
फाउण्डेशनले गाउँपालिकाको सबै वडामा लागुऔषधमा फसेकाहरुको सकरात्मक सोचं निर्माणका लागि सचेतना मुलक देउसी भैलो कार्यक्रम गर्ने जनाएको छ।

नारकोटिक फाउण्डेशन नेपालको टोलीले देउसी भैलो कार्यक्रम खेल्नु नै आफैम एतिहासिक भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।


लागुऔषधमा फसेकाहरुको सकरात्मक दृष्टिकोण निर्माणका लागि गढवा गाउँपालिकाको आर्थिक सहयोगमा नारकोटिक फाउण्डेशन सञ्चालन भैरहेको छ।त्यहाँ भित्र रहेका परिवार बाट समाजमा सकारात्मक दृष्टिकोण निर्माण र लागुऔषधमा फसेकाहरु साथै सुधार केन्द्रमा आएर बस्न लाज मान्नेहरुलाई सचेतना जगाउने उद्देश्यले यो देउसी भैलो कार्यक्रम आफैमा ऐतिहासिक भएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID