लुम्बिनी प्रदेशमै पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गढवा गाउँपालिकाबाट कृषि उपज खरिद गर्दै

आलोक भावुक

गढवा, ४ कात्तिक। लुम्बिनी प्रदेश मै पहिलो पटक स्थानिय तहमा(गढवा गाउँपालिका) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपज खरिद गर्ने सम्झौतामा आज आइतबार दुई पक्षबीच हस्ताक्षर भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपज धान, तोरी मसुरो र बेसार खरिद गर्ने बारे दुईपक्षबिच लिखित सहमति भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका भरीका कृषकले उत्पादन गरेको मोटो तथा मध्यम प्रजातीका धान(गुणस्तर मापदण्ड भित्रको धान) खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले नेपाल सरकारले तोकेको समर्थन मुल्यमा खरिद गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

हाललाई कृषि उपजमा धानबालीको खरिद हुने र दुबै पक्षको आपसी सहमतिमा अन्य कृषि उपजहरु थप गरी खरिद हुने सम्झौता पत्रमा उल्लेख गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङका मुख्य शाखा प्रमुख तिलक सुनारले जानकारी दिनुभयो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको पहलमा लुम्बिनी प्रदेशमै पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थानीय तहसंग सहकार्य गरेर कृषि उपज खरिद गर्न लागेको हो।

यस भन्दा पहिले पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकाबाट एक सय खसीबोका खरिद गरिसकेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID